Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौँ– तीन प्रमुख दलका शीर्षनेता र संयुक्त मधेसी मोर्चाका नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको वार्ता बिनानिष्कर्ष टुङ्गिएको छ ।

मोर्चाले संविधान संशोधनलगायत अन्य विषयको समाधान ‘प्याकेज’ मै गर्न अडान राखेपछि सहमति हुन नसकेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले बताउनुभयो ।

सरकार मधेसको समस्या समाधानका लागि गम्भीर रहेको बताउँदै उपप्रधानमन्त्री गच्छदारले वार्ताबाटै समाधान खोज्ने प्रयास जारी रहने जानकारी दिनुभयो । वार्ताबाट बाहिरिने क्रममा मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले संविधान संशोधन गर्न नसक्ने र संशोधन भए पनि मधेसका समस्या समाधान नहुने टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, “चार महिनाअघि जे छलफल भएको थियो बिहीबार पनि त्यही विषयमा छलफल भयो । वार्ताले गति लिन सकेन ।” अध्यक्ष यादवले सरकारले महङ्गी, कालोबजारी र भ्रष्टाचार रोक्न नसकेको आरोप पनि लगाउनुभयो ।

वार्तामा तीन दलका शीर्षनेता र मोर्चाका तर्फबाट अध्यक्ष यादव र तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठी र सद्भावना पार्टी सहअध्यक्ष लक्ष्मणलाल कर्ण वार्तामा सहभागी हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया