Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

झापा– नेपाल रेडक्रस सोसाइटी झापामार्फत अन्तर्राष्ट्रिय रेडक्रसको समन्वयमा यही माघ महिनामा ४० जना भुटानी शरणार्थी भुटानको केन्द्रीय कारागारमा रहेका बन्दी आफन्त भेट्न जाने भएका छन् ।

रेडक्रस झापा शाखाका इन्चार्ज केदार महतका अनुसार अन्तर्राष्ट्रिय रेडक्रसले भुटानी जेलमा रहेका भुटानी राजबन्दीसँग शरणार्थी शिविरस्थित उनीहरुका आफन्तलाई भेट्न दिने तयारी पूरा भएको छ । भेट्ने प्रवन्ध मिलाइदिन परेका निवेदनमध्ये दशवटा स्वीकृत भएको बताइएको छ । त्यस्ता बन्दीलाई भेट्न जाने भुटानीलाई जनही चार हजार रुपैयाँ बाटो खर्च उपलब्ध गराउनुका साथै एकपटकमा एकजना बन्दीका चार आफन्तलाई यो सुविधा प्राप्त हुने जनाइएको छ ।

चेम्गङ केन्द्रीय कारागारमा नेपालमा शरणागत भुटानीका २८ बन्दी आफन्त रहेको बताइएको छ । बन्दीआफन्त भेट्न जाने शरणार्थीले भुटानको थिम्पु नजिकैको चेम्गङ केन्द्रीय कारागारमा बन्दी आफन्तसँग दुई दिनसँगै बस्नसमेत पाउनेछन् । बितेको दुई दशकभन्दा अघिदेखि भुटानी शरणार्थीका लागि अन्तर्राष्ट्रिय रेडक्रसले पारिवारिक सम्पर्कको पुनःस्थापना कार्यक्रमअन्तर्गत यो सेवा नियमित गर्दै आएको पनि नेरेसो झापाले जनाएको छ ।

पूर्वी नेपालमा तेस्रो मुलुकमा पुनर्वासको पर्खाइमा रहेका भुटानी शरणार्थीले भुटानका जेलमा रहेका बन्दीआफन्तसँग बिदा माग्ने अवसरका रुपमा यस्तो भेटघाटलाई उपयोग गर्ने गरेको बताइन्छ ।
कम्तीमा २०० जना नेपाली मूलका भुटानीलाई बन्दी बनाइएको अनुमान छ ।

तपाईको प्रतिक्रिया