Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

कपिलवस्तु– दादुरा जस्तो देखिने अज्ञात रोगका कारण ६ जना बालबालिकाको मृत्यु भएसँगै जिल्ला स्वास्थ्य कार्यालयको एक टोली घटनास्थल ईटवा गाउँ पुगेको छ । सोमडिह गाविस वडा नं ७ र ८ मा पर्ने भारतीय सीमा जोडिएको ईटवा गाउँमा स्वास्थ्यकर्मीहरुको एक टोलीले सङ्क्रमित बालबालिकाहरुको उपचार गरिरहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विष्णु जयसवाल नेतृत्वको टोलीमा मेडिकल अधिकृत, ल्याब असिस्टेन्टसहित १५ जना स्वास्थ्यकर्मी रहेका छन् । टोलीले सङ्क्रमित बालबालिकाको घरघरमा गई स्वास्थ्य उपचार र रगत सङ्कलन गर्ने काम गरिरहेको निमित्त प्रमुख जयसवालले बताए ।
सङ्क्रमित बालबालिकामा शरीरभरि दादुरा जस्तो बिमरा, उच्च ज्वरो, झाडा पखाला र कुपोषणको लक्षण देखिएको छ । बालबालिकाहरुबाट सङ्कलित रगत केन्द्रीय प्रयोगशाला टेकु काठमाडौँ पठाइएको र रगतको प्रतिवेदन आएपछि रोग पत्ता लाग्ने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
रोगबाट सो गाउँका ५ वर्षमुनिका ६ जना बालबालिकाको मृत्यु भैसकेको छ भने करीब ५० जना बालबालिका सङ्क्रमित भएका छन् । यसरी गाउँका बालबालिकाको मुत्यु भएको घटनाबाट गाउँले सवै त्रसित र शोकमग्न बनेको स्थानीयवासी सञ्जय यादवले बताए ।

तपाईको प्रतिक्रिया