Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका करिब ३५ जना नेता तथा कार्यकताले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा प्रवेश गर्ने घोषणा गरेका छन् ।

नेकपा (माओवादी)का केन्द्रीय सदस्य गगनबहादुर थापा, तेजप्रसाद अधिकारी, ठाकुरप्रसाद चापागाईं र वसन्त घर्तिमगर लगायतका नेता तथा कार्यकर्ताले नेकपा (माओवादी)प्रति असन्तुष्टि व्यक्त गर्दै बुधबार पत्रकारसम्मेलन गरी नयाँ शक्तिमा जाने घोषणा गरेका हुन् ।

यसरी घोषणा गर्ने अन्य विद्यार्थी नेतामा हरि पौडेल, मीनराज केसी, पर्वत डिसिएम, सूर्यबहादुर थापा, अनिल मास्के, प्रदीपबहादुर थापा, सुस्मिता केसी, धर्मराज शर्मा, लोकराज कुँवर, उत्तम परियार, टीका नेपाली, सीता भुसाल, राम अधिकारी र राजेन्द्र तिवारी हुनुहुन्छ । पर्वत जिल्ला कमिटी सल्लाहकार एकनारायण गिरी, टेकराज शर्मा, गणतान्त्रिक मञ्च काठमाडौँ डिसिएम सागर चापागाईं पनि नयाँ शक्तिमा जाने हुनुभएको छ ।

सोही अवसरमा ठाकुरप्रसाद चापागाईंले विप्लव माओवादीको कार्यदिशा र विचार स्वार्थसँग जोडिएको कारण पार्टी छोड्नु परेको भन्दै आर्थिक संरचनालाई कसरी परिवर्तन गर्ने भन्ने सोचका साथ नयाँ शक्ति आएको स्पष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया