२३ बर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जित्ने तयारी
काठमाडौं– माल्दिभ्सको २३ बर्षमुनिको टोलीलाई चार एक गोलले हराउँदै नेपाल बंगलादेशमा जारी बंगबन्धु गोल्डकपको फाइनलमा प्रबेश गरेको छ । नेपालले उपाधिका लागि बहराईनको २३ बर्षमुनिको टोलीसंग प्रतिस्पर्धा गर्नेछ ।
ढाकास्थित बंगबन्धु रंगशालामा नेपालले माल्दिभ्सको युवा टोलीको चुनौती सहजै पन्छाउन सफल भयो । त्यसमा खेलका नायक बने फरवार्ड नवयुग श्रेष्ठ । उनले खेलमा ह्याट्रिक पुरा गरे भने नेपाललाई १७ बर्षपछि ठुला प्रतियोगिताको फाइनलमा स्थान दिलाए ।
खेलको ३१ औं मिनेटमा स्ट्राइकर बिमलले प्रहार गरेको बल पोलमा लागेर बाहिरिएपछि रिवाउण्ड बलमा नवयुगले गोल गरेका थिए । पहिलो हाफमा एक शून्यको अग्रता बनाएको नेपालले दोस्रो हाफमा तीन गोल थप्यो
५३ औं मिनेटमा बिशाल राईले नेपालका लागि दोस्रो गोल गरे । ६२ औं मिनेटमा बिक्रम लामाको पासमा टिमका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरे ।
७७ औं मिनेटमा माल्दिभ्सका नासिर अहमदले गोल गर्दै खेलमा फर्काउने प्रयास गरेपनि सफल हुन सकेनन् । बरु खेलको नियमित पछिको इन्ज्यूरी समयको पहिलो मिनेटमा बिक्रम कै पासमा गोल गर्दै नवयुगले ह्याट्रिक पुरा गर्न सफल भए ।
नेपालले फाइनलमा बहराईनसंग प्रतिस्पर्धा गर्नेछ । त्यस खेल जित हात पारेमा नेपालको सिनियर टोलीले २३ बर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जित्नेछ ।