Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – जारी संविधानका प्रावधानप्रति असन्तुष्टि जनाई तराइमा भएको आन्दोलनमा करिब पचासभन्दा बढी प्रदर्शनकारी, बालबालिका तथा सुरक्षाकर्मीको ज्यान जानु र सयौँ मानिस घाइते हुनुप्रति राष्ट्रिय मानवअधिकार आयोगले दुःख व्यक्त गरेको छ ।

आयोगले आज प्रेस विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलन भनिए पनि केहीले ज्यानै गुमाउनु, सयौँको सङ्ख्यामा मानिस घाइते हुनु दुःखको विषय हो भन्दै सार्थक वार्ता र संवादबाट शीघ्र निष्कर्षमा पुग्न नेपाल सरकार तथा प्रमुख राजनीतिक दल र आन्दोलनरत संयुक्त मधेसी मोर्चालाई आग्रह गरेको छ ।आयोगका पदाधिकारीले आन्दोलनका क्रममा संयुक्त मधेसी मोर्चाका नेता तथा अन्य राजनीतिक दलका कार्यकर्ता, अधिकारकर्मी, जिल्ला तथा क्षेत्रीय प्रशासन प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखसँग अन्तक्र्रियात्मक छलफल गर्नुका साथै आन्दोलनका क्रममा हत्या तथा आगजनी भएका स्थलको निरीक्षण गरेको पनि जारी विज्ञप्तिमा उल्लेख छ ।

आन्दोलनका क्रममा जीवन गुमाएका प्रदर्शनकारी, बालबालिका, सुरक्षाकर्मीको सम्बन्धमा प्रभावकारी अनुसन्धान गरी दोषी पत्ता लगाई फौज्दारी कानुनबमोजिम कारबाही गर्न, घाइते तथा अङ्गभङ्ग भएकाको निःशुल्क उपचार तथा उचित राहत एवम् क्षतिपूर्तिको व्यवस्था मिलाउन आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष, सदस्य तथा सचिवसहितको टोलीले हालै मधेस आन्दोलनलाई लक्षित गर्दै बारा, पर्सा जिल्लामा भइरहेको आन्दोलन, सीमा नाकाको अवरोध र त्यसको प्रभावका बारेमा अनुगमन गरेको थियो ।

तपाईको प्रतिक्रिया