Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो स्वदेश फर्कनुभएको छ । स्वास्थ्य उपचारका लागि भन्दै उहाँ गत पुस १७ गते भारतको राजधानी नयाँ दिल्ली जानुभएको थियो ।

स्वदेश फर्केलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष महतोले तराई– मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधन गर्ने वचन सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएकाले आफू उचित निर्णय गर्दै फर्किएको बताउनुभयो । प्रमुख तीन दल र मोर्चा सम्बद्ध कार्यदलको बैठकमा समेत आन्दोलनरत पक्षका माग सम्बोधन गर्ने दिशातिर केन्द्रित रहेकोसमेत आफूले पाएको अध्यक्ष महतोको भनाइ छ ।

शनिबारदेखि सद्भावना पार्टीका तर्फबाट कार्यदलमा सहभागी प्रतिनिधिसमेत बैठकमा उपस्थित हुनुभएको छ । कार्यदलमा सद्भावना पार्टीका तर्फबाट सहअध्यक्ष लक्ष्मणलाल कर्ण सदस्य हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया