Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – बङ्गलादेशमा जारी बङ्बन्धु गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल खेल भोलिदेखि हुने भएको छ ।

बङ्गलादेशको ढाकास्थित बङ्बन्धु राष्ट्रिय रङगशालामा हुने खेलमा पहिलो सेमिफाइनलको खेल आयोजक बङ्गलादेश र बहराइन सोमबार साँझ ५ः४५ आमनेसामने हुनेछन् । त्यस्तै दोस्रो सेमिफाइनल खेलमा भने मङ्गलबार नेपालले माल्दिभ्सको सामना गर्नेछ । प्रतियोगितामा बङ्गलादेश समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने बहराइन समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनलको यात्रा तय गरेको हो । त्यस्तै, समूह चरणको खेलमा तीन खेल खेलेका बङ्गलादेशले एक खेलमा जित तथा दुई खेल बराबरीको नजिता ल्याएको थियो । बङ्गलादेशले पहिलो खेलमा श्रीलङ्कालाई ४–२ गोलअन्तरले पराजित गरेको थियो भने दोस्रो मलेसियाविरुद्वको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको थियो । त्यस्तै तेस्रो तथा अन्तिम नेपालविरुद्वको खेल गोलरहित बराबरीमा टुगिङ्एको थियो ।

समान तीन खेल नै खेलेको बहराइनको एक खेलमा जित तथा दुई खेलमा बराबरीको नजिता आएको थियो । बहराइनले कम्बोडियालाई १–० गोलअन्तरले पाखा लगाएको थियो भने बङ्गलादेश र माल्दिभ्सविरुद्वको खेल समान १–१ गोलको बराबरीमा टुङ्गिाएको थियो । त्यसैगरी नेपाल भने समूह ‘ए’ को उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । माल्दिभ्स समूह ‘बी’ को विजेता हो । समूह चरणको खेलमा तीन खेल खेलेको नेपालले एक खेलमा जित तथा दुई खेलमा बराबरीको नतिजा ल्याएको थियो ।

नेपालले श्रीलङ्कालाई १–० गोलअन्तरले पराजित गरेको थियो भने बङ्गलादेश र मलेसियासँग गोलरहित बराबरी खेलको थियो । समान तीन खेल नै खेलेका माल्दिभ्सले भने दुई खेलमा जित तथा एक खेल बराबरीमा खेलको थियो । माल्दिभ्सले कम्बोडिया र बङ्गलादेशलाई पराजित गरेको थियो भने बहराइनसँग बराबरी खेलको थियो ।

तपाईको प्रतिक्रिया