Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – नेपाली काँग्रेसका नेता वीरेन्द्र दाहालको उपचारका क्रममा शनिबार राति ६७ वर्षको उमेरमा निधन भएको छ ।

पार्टीमा सधैँ पद बाहिर रहेर निरन्तर सक्रिय रहनुभएका नेता दाहालको त्रिभुवन शिक्षण अस्पतालमा मृगौला रोगको उपचारका क्रममा निधन भएको परिवारजनले जानकारी दिएको छ । काँग्रेसका सभापति सुशील कोइरालालगायत काँग्रेस नेता कार्यकर्ताले शिक्षण अस्पताल पुगी स्वर्गीय नेता दाहालको पार्थिव शरिरमा श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । वि.सं. २००५ मा तेह्थुममा जन्मनुभएका नेता दाहालपरिवार प्रजातान्त्रिक आन्दोलनमा लागेकै कारण २०१८ सालमा तत्कालीन सरकारले सर्वस्वहरण गरेपछि परिवारसहित भारत प्रवासमा जानुभएको थियो ।

भारत प्रवासमा रहदा काँग्रेस नेता विपी कोइराला, गिरिजाप्रसाद कोइरालालगायतसँग भेट भएपछि त्यसयता निरन्तर कोइराला परिवारको निकट सहयोगीका रुपमा दाहालले काम गर्नुभएको उहाँका भाई पिताम्बर दाहालले बताउनुभयो । काँग्रेसका नेता स्व। गिरिजाप्रसाद कोइरालासँगै नेपाल फर्कनुभएका स्व दाहाल त्यसयता कोइरालाको निकट सहयोगीका रुपमा रहेर राजनीतिमा सक्रिय रहनुभयो ।

तपाईको प्रतिक्रिया