Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

कञ्चनपुर– जङ्गली हात्तीले टोलमै आतङ्क मच्चाउन थालेपछि कञ्चनपुरको दोधारा चादँनी नगरपालिकाको बडुवाल टोलमा आधुनिक साइरन जडान गरिएको छ ।

हात्ती गाउँ बस्नबाट रोक्न दाताको सहयोग तथा स्थानीय सामुदायिक सुरक्षा समिति र मध्यवर्ती उपभोक्ता समितिको पहलमा बडुवाल टोलमा तीन थान साइरन जडान गरिएको स्थानीवासीले बताएका छन् ।

‘हरेक वर्ष गहुँ खेतीको समयमा भारतीय जङ्गलबाट हात्ती आएर गाउँमा घर भत्काउनुका साथै अन्नबाली सखाप पार्ने गर्दथे ।’ सगरमाथा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष अमरबहादुर बस्नेतले भन्नुभयो–‘साइरन बजाउँदा हात्ती टोलमा पस्न पाउने छैनन् ।’

यसअघि पनि विभिन्न दाताले उक्त टोलका स्थानीयवासीलाई उज्यालोका लागि लाइटसमेत उपलब्ध गराएका थिए । विगत वर्षमा बडुवाल टोलमा हात्तीको बथानले घर भत्काउनुका साथै खेतमा लगाएको अन्नबाली नष्ट गर्ने गरेको थियो ।

तपाईको प्रतिक्रिया