Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

गोरखा– उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले बूढीगण्डकी जलविद्युत् आयोजना १२ सय मेगावट क्षमताको निर्माण हुने जानकारी दिनुभएको छ । मन्त्री रायमाझीले जारी विद्युतभार कटौती अन्त्य गर्न बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण तत्कार सुरु गर्नुपर्नेमा पुनः जोड दिनुभयो ।

गोरखामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले आयोजना १२ सय मेगावाटकै बन्ने र निर्माणको काम सुरु हुने भएकाले आयोजना बन्दैन भन्ने हल्लाबाट मुक्त रहन स्थानीयवासीलाई आग्रह गर्नुभयो । जलासययुक्त हुने भनिएको आयोजनाका लागि धमाधम जग्गाको लगतकट्टा सुरु गर्न निर्देशन दिँदै उहाँले बूढीगण्डकी जलविद्युत् आयोजना बनाइ छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जग्गाधनीलाई मुआब्जा वितरण गरेर आयोजनाको कामलाई तीव्ररुपमा अघि बढाउने उहाँको भनाइ छ । कार्यक्रममा बोल्दै गोरखा र धादिङका २७ गाविसका बासिन्दाले आयोजनाको काम तत्कालै सुरु गर्न मन्त्रीसँग आग्रह गरेका थिए ।

बूढीगण्डकी आयोजना सरोकार समिति आरुघाटका दिनेश ढकालले तत्कालै काम सुरु गर्न आग्रह गर्दै भूकम्पले घर भत्केकै बेला प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जा वितरण गरेर सुरक्षित ठाउँमा सार्नुपर्ने बताउनुभयो ।

जलाशाययुक्त प्रस्तावित बूढीगण्डकी जलविद्युत परियोजनाले गोरखा र धादिङका २७ गाविसका करिव १२ हजार घरधुरी विस्थापित हुनेछन् । भूकम्पका कारण घर भत्किएपछि पुनःनिर्माणका लागि परियोजना निर्माणमा भएको ढिलाईले स्थानीय अन्यौलमा परेका छन् ।

तपाईको प्रतिक्रिया