Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– पर्यटन व्यवसायीहरुमा यतिबेला चुनावी सरगर्मी चढेको छ । आज हुने नाट्टाको निर्वाचनले यतिबेला पर्यटनक्षेत्रको माहोल तताएको छ । नाट्टाको नेतृत्वका लागि ३ समूहले प्रतिष्पर्धा जनाएपनि दुई समूहबीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।

ट्राभल तथा टुर व्यवसायीहरुको छाता संगठन नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्टस् ‘नाट्टा’को ५२ औं साधारणसभा आइतबार होटल याक एण्ड यतिमा हुँदैछ । यस साधारणसभाले आगामी २ वर्षका लागि नयाँ कार्यसमितिको समेत चयन गर्दैछ, जसका लागि तीन समूहले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।

वर्तमान समितिका महासचिव मिहिका धाख्वाले नेतृत्व गरेको एउटा समूह छ भने अर्को समूह अघिल्लो कार्यकालमा अध्यक्षमा पराजित भएका मधुसुदन आचार्यको छ । तेस्रो समूह भने नाट्टाका प्रथम उपाध्यक्ष शम्भु पाठकको असन्तुष्ट समूह छ । अहिले तीन समूहमध्ये मिहिका धाख्वा र मधुसुदन आचार्यको प्यानलबीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । शम्भुराज पाठक समूह भने आफ्नो उपस्थिति देखाउनका लागि मात्रै चुनावी मैदानमा ओर्लिएको छ । धाख्वा समूहलाई नेपाली कांग्रेस र एकीकृत माओवादीले समर्थन गरेको छ भने आचार्य समूहलाई नेकपा एमालको समर्थन छ ।

४ सय ५४ कुल मतदाता रहेको नाट्टामा करिब ४ सय २५ मत खस्ने अनुमान गरिएको छ । जसमध्ये जित्नका लागि करिब २ सय १५ भोटको आवश्यकता पर्छ । अघिल्लो कार्यकालमा राम्रो काम गरेको र यसपटक अझै राम्रो काम गर्ने भन्दै अध्यक्षका प्रत्याशीमध्ये एक मिहिका धाख्वाले आफूले जित्ने दाबी गरेकी छिन् ।

यता अध्यक्षका अर्का प्रत्यासी मधुसुदन आचार्यले पनि आफूले जित्ने दाबी गरिरहेका छन् । दुई समूहमध्ये मिहिका धाख्वाले नेतृत्व गरेको समूहमा ट्राभल तथा टुर व्यवसायमा निरन्तर काम गरिरहेका व्यक्तिहरु छन् ।

यता मधुसुदन आचार्य समूहका व्यक्तिहरु भने एकाधबाहेक संस्था दर्तामात्रै गरेर राजनीति मात्रै गर्ने गरेको आरोप छ । जसका कारण व्यवसायीहरुले आफ्नै हितका लागि पनि धाख्वा समूहलाई जिताउने दाबी छ, धाख्वा समूहबाट महासचिवका प्रत्याशी बनेका व्यवसायी ठाकुर ढुङ्गानाको । सन् १९६६ मा स्थापना भएको नाट्टा पर्यटनक्षेत्रकै सबैभन्दा पुरानो संस्था हो । तर नाट्टामा सही व्यवस्थापन हुन नसक्दा यसले अपेक्षाकृत काम भने गर्न सकेको छैन ।

तपाईको प्रतिक्रिया