Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौँ– काठमाडौँ सहरलाई हराभरा र सुन्दर बनाउनका लागि काठमाडौँ महानगरपालिकाले वृक्षरोपणको कामलाई तीव्रता दिने भएको छ ।

सुन्दरताकै लागि धेरै बोटबिरुवा रोप्ने तयारी रहे पनि कति रोपिने र कुन कुन स्थानमा रोपिने भने यकिन नभएको कामपा, वातावरण प्रशासन महाशाखा प्रमुख गङ्गाधर गौतमले जानकारी दिनुभयो ।

प्रमुख गौतमका अनुसार वर्षात्को समय सुरु भएसँगै बोटबिरुवा रोप्ने काम सुरु गरी सामाजिक तथा सांस्कृतिक महत्वका सडक र नदी किनार आसपासमा रहेको सडक छेउमा बोटबिरुवा रोपी सुन्दर बनाइने योजना छ ।
हाल विस्तार भइरहेको सडकको काम सकिएपछि सोही स्थानमा पनि विरुवा रोप्ने काम गरिने तयारी छ । अहिले त्रिपुरेश्वर, बालाजु, सिंहदरबार र नारायणहिटी दरबार वरपर वृक्षरोपण गर्नका लागि तयारी भइरहेको महाशाखाले बताएको छ ।

यसरी वृक्षरोपण गर्दा गत मङ्सिरमा सार्क सम्मेलनका समयमा रोपिएका बिरुवाको पनि संरक्षण हुने विश्वास विभागले लिएको छ । सार्क सम्मेलनका समयमा रोपिएको बोटबिरुवालाई पनि आवश्यकता हेरी दायाँबायाँ राखिने छ । मानिसको भिड धेरै भएको र संरक्षण हुन नसकेको स्थानमा रोपिएको बोटबिरुवालाई अन्यत्र सार्ने काम पनि सोही अवसरमा गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया