Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– एसियाली पूर्वाधार विकास बैंकको सञ्चालक समितिको सदस्यमा नेपाल चयन भएको छ ।

चीनको राजधानी बेइजिङमा जारी बैंकको बैठकबाट नेपाल सञ्चालक समितिको सदस्यमा छानिएको हो । सञ्चालक समितिमा एसियाबाट नौ र एसिया बाहेकका मुलुकबाट दुई देश बैंकको सञ्चालक समितिमा छानिएका हुन् ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार एसियाबाट नेपाल सहित चीन, संयुक्त अरब इमिरेट्स, इन्डोनेसिया, अस्ट्रेलिया, रुस, भारत, दक्षिण कोरिया र टर्की तथा एसियाबाहेकका मुलुकबाट बेलायत र जर्मनी बैंकको सञ्चालक समिति सदस्य बनेका छन् ।

सम्मेलनमा सहभागी ५७ देशका अर्थमन्त्री तथा प्रतिनिधिले संयुक्त रुपमा स्विच अन गरी बैंकको उद्घाटन गर्नुभएको थियो । त्यसअघि चीनका राष्ट्रपति सि जिन पिङले बैंकको ब्यानरको अनावरण गर्नुभएको थियो ।

सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले एसियाली पूर्वाधार विकास बैंंक मार्फत भौतिक आवश्यकता पूरा गर्दै सामाजिक, आर्थिक विकासका निम्ति नेपाल सक्रिय रुपमा सहभागी हुने बताउनुभयो ।

उहाँले नेपाल बैंकको गतिविधिमा सघन ढङ्गले सहभागी हुने उल्लेख गर्दै बैंकको स्थापनाले एसियाको विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया