Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका क्षेत्र हुँदै भारततर्फ तस्करी हुँदै गरेको काठसहितकोे भ्यान प्रहरीले गएराति बरामद गरेको छ ।

दोधारा चाँदनी नगरपालिका–१ गठीगोठ क्षेत्रबाट भारतीय नम्बर प्लेटको युके ०३ सिए ४७७ नम्बरको भारतीय म्याजिक भ्यानसहित २१ क्युबिक फुट सिसौको तयारी अवस्थाको काठ बरामद गरिएको इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरीक्षक बीरेन्द्रबीर विश्वकर्माले बताउनुभयो ।

प्रहरीले बरामद गरेको काठसहितको भ्यान शुक्लाफाँटा आरक्ष कार्यालयमा राखिएको छ । भ्यान चालक भने भागेर भारत छिरेकाले प्रहरीले नियन्त्रणमा लिन सकेन ।

भ्यानसहितको काठ बरामद गरिएपछि भारतीय सुरक्षाकर्मीले सीमा स्तम्भ नं ११ नजिकको नाकाबाट आवागमनमा रोक लगाएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया