Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबल प्रतियोगितामा नेपाल समुह उपबिजेता बन्दै सेमिफाइनलमा पुगेको छ । समुहको अन्तिम खेल अगावै सेमिफाइनल प्रबेश पाएको नेपालले समुह ए को अन्तिम खेलमा आयोजक बंगलादेशसंग बराबरी खेल्दै अंक बाँडेपछि समुह उपबिजेतामा सिमित भएको हो ।

बंगबन्धु राष्ट्रिय रंगशालामा शुक्रबार साँझ सम्पन्न खेलमा नेपाल र आयोजक बंगलादेशले गोलरहित बराबरी खल्दै अंक बाँडे । दुवै टोलीले समुह चरणमा दुई बराबरी र एक जित निकालेका हु्न । समान पाँच पाँच अंक भएपनि गोल अन्तरका आधारमा नेपाललाई पछि पार्दै बंगलादेश समुह बिजेता बनेको हो ।

शुक्रबार साँझको खेलमा दुवै टोलीले महत्वपूर्ण मुभ बनाउन सकेनन् । खेलभर नेपालले एउटैपनि गोलका अवसर सृजना गर्न नसक्दा बराबरीमा चित्त बुझाउनुप¥यो । यद्यपी नेपालले सेमिफाइनलमा प्रबेश पायो ।

यसअघि दिउँसो भएको समुह ए कै अर्को खेलमा मलेशियाको फेल्डा युनाईटेडलाई श्रीलंकाले दुई एक गोलले हराएपछि नेपाल एक खेल अगावै सेमिफाइनलका लागि छनौट भएको थियो ।

नेपाल प्रतियोगितामा एक गोलपनि नखाएको एकमात्र टोली हो । नेपालले समुहको पहिलो खेलमा फेल्डा युनाईटेडसंग गोलरहित बराबरी खेलेको थियो भने श्रीलंकालाई एक शून्य गोलले हराएको थियो ।

नेपालले सेमिफाइनलमा समुह बीको बिजेतासंग प्रतिस्पर्धा गर्नेछ । समुह बीबाट माल्दिभ्स र बहराईन सेमिफाइनलका लागि छनौट भइसकेका छन । नेपालले शनिबार हुने माल्दिभ्स र बहराईनबीचको खेलको बिजेतासंग फाइनल प्रबेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

तपाईको प्रतिक्रिया