Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौँ–दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य मुलुकबीच खेलकुदका माध्यमबाट पारस्परिक मैत्री प्रवद्र्धन गर्ने उद्देश्यले सार्क राष्ट्रस्तरीय बाह्रौँ दक्षिण एसियाली खेलकुद (साग) यही माघ २२ देखि फागुन ४ गतेसम्म भारतका उत्तरपूर्वी सहर गुहाटी र शिलङमा हुने भएको छ ।

आठवटै सदस्य राष्ट्रका खेलाडी सहभागी हुने उक्त प्रतियोगितामा विभिन्न २३ विधामा २२८ वटा स्पर्धा हुनेछन् । दुई सय २८ स्वर्ण, त्यति नै सङ्ख्यामा रजत र ३०८ काँस्य पदकका लागि प्रतिस्पर्धामा एक हजार ५०५ जना पुरुष र एक हजार १६७ जना महिला खेलाडीले आफ्नो प्रतिभा प्रस्तुत गर्नेछन् ।

सार्कको अध्यक्षता गरिरहेको नेपालले उक्त प्रतियोगितामा २११ जना पुरुष र १८७ जना महिला खेलाडीलाई मैदानमा उतार्नेछ । नेपालले एथलेटिक्स, बास्केटबल, भलिबल, पौडी, कुस्ती, कबडी, ब्याडमिन्टन, बक्सिङ, जुडोलगायत खेलमा प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिता सफलतापूर्वक आयोजना गर्न भारत सरकारले युवा मामिला तथा खेलकुद राज्यमन्त्री सर्वानन्द सोनोवालको अध्यक्षता तथा भारतीय ओलम्पिक सङ्घका अध्यक्ष एन रामचन्द्रनको सहअध्यक्षतामा प्रतियोगिता आयोजक समिति गठन गरेको छ ।

साग आयोजनाका निम्ति भारत सरकारले सचिवालय स्थापना गरेर सुरक्षा, स्वास्थ्य सेवा, यातायातलगायत आवश्यक कार्य तदारुकताका साथ गरिरहेको यहाँस्थित भारतीय राजदूतावासले आज एक विज्ञप्ति जारी गरी जनाएको छ ।

तपाईको प्रतिक्रिया