Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

पर्वत – सरकारका उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी ओलीले आफ्नो जम्बो सल्लाहकार टिमलाई दिएको अबैध सुविधाबारे छानबिन हुने बताउनुभएको छ ।

पार्टीको कार्यक्रमका सिलसिलामा शुक्रबार बिहान पर्वत पुग्नुभएका रायमाझीले सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा अबैध काम गर्न कसैलाई छुट नभएकोले छानविन हुने बताउनुभयो ।

उहाँले प्रधानमन्त्री कार्यालयबाट दिइएको अस्वाभाविक सुविधा हटाइने दाबी गरे । ओलीले कतिपय काम गर्दा एकल निर्णय गर्ने गरेको भन्दै रायमाझीले पछिल्लो समय विभिन्न मिडियामा आएका टिप्पणी त्यसैको परिणाम भएको बताउनुभयो ।

मुलुकमा भइरहेको चरम समस्या अब बढीमा दुई साताभन्दा पर नजाने उहाँको जिकिर छ । ‘ओलीजीले भनेजस्तै एक सातामा सम्भव छैन,’ उहाँले भन्नुभयोे, ‘तराईमा आन्दोलनरत र भारतीय पक्ष पछिल्लो समय सकारात्मक देखिएका छन्, बढीमा दुई साताभित्र इन्धनको समस्या सुल्झन्छ ।’

इन्धनको समस्या समाधान भए अहिले मुलुकमा भइरहेको १४ घण्टे लोडसेडिङ घट्ने उहाँको भनाइ छ । सरकारले उर्जा संकट घोषणा गरेर एक वर्षभित्र आम जनताले अपेक्षा गरेअनुरुप लोडसेडिङ कम गर्ने गृहकार्य भइरहेको रायमाझीले जानकारी दिनुभयो । ***

तपाईको प्रतिक्रिया