Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

पाल्पा – नेपाली काँग्रेसका नेत्री सुजाता कोइरालाले तेह्रौँ महाधिवेशनमा आफूले पार्टी सभापति पदमा उम्मेदवारी दिने बताउनुभएको छ ।

नेपाल प्रेस युनियनद्वारा आज पाल्पामा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा नेत्री कोइरालाले अहिले पार्टी नेतृत्वमा रहेका तीनैजना नेताको विकल्प खोज्नुपर्ने विचार प्रकट गर्नुभयो । विकल्पका रुपमा आफूले उम्मेदवारी दिन लागेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो – “अब विकास नै राजनीति हो । त्यसकारण भारत र चीनसँग पनि सम्बन्ध सुधार्दै जानुपर्छ ।”

आसन्न १३औँ महाधिवेशनमा युवा वर्ग अगाडि आउनुपर्नेमा उहाँको जोड थियो । छिट्टै स्थानीय निकायको निर्वाचन हुन लागेकाले सबैले यसतर्फ ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

तपाईको प्रतिक्रिया