Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

गोरखा– गत बैशाख १२ गतेको भूकम्पको केन्द्रबिन्दू बागपाक नजिकै रहेको लाप्राकबाट विस्थापित भएका स्थानीयलाई नजिकै गुप्सीपाखामा पुनर्वास गरिने सरकारी निर्णयको स्थानीयले स्वागत गरेका छन् । जग्गा नहुँदा व्यवस्थित टहरोसमेत बनाउन नपाएका लाप्राकवासीले अब घर बनाउन पाइने भन्दै खुसी साटेका छन् ।

लाप्राकको पुरानो गाउँ भूकम्प र पहिरोले गर्दा असुरक्षित छ । विसं २०५६ मा गएको पहिरो र गत वैशाखमा गएको भूकम्पले गाउँको तल्लो भेग चिराचिरा परेको छ । पुरानै लाप्राकमा नयाँ बस्ती विकास गर्न नमिल्ने भूगर्भवीद्को भनाइपछि लाप्राकका भूकम्पपीडित सुरक्षित जग्गाको खोजीमा भौँतारिएका थिए ।

छ सय १७ अस्थायी शिविरमा कष्टकर जीवन निर्वाह गर्दै आएका लाप्राकवासीलाई भूकम्प गएको नौ महिनापछि सरकाले १८ दशमलव ३२ हेक्टर क्षेत्रफलमा फैलिएको गुप्सीपाखा दिने निर्णय गरेको थियो । गुप्सीपाखामा व्यवस्थित, एकीकृत बस्ती विकास गर्ने सरकारी योजनाको स्वागत गरेको स्थानीय किसान गुरुङले बताउनुभयो ।

सरकारले लाप्राकवासीलाई गुप्सीपाखामा स्थानान्तरण गर्ने निर्णय गरेको सुनेपछि खुसी हुनुभएका लाप्राकका पूर्व गाविस अध्यक्ष सन्तोष गुरुङले भन्नुभयो – “जग्गा प्राप्त भएलगत्तै स्थायी घर बनाउने कामको सुरुवात गर्नुपर्छ ।” गुप्सीपाखा स्थानीय भूमे सामुदायिक वनको जग्गा हो । गुप्सीपाखामा व्यवस्थित बस्ती विकासको प्रक्रिया अघि बढाउन सहरी विकास र पुनःनिर्माण प्राधिकरणलाई सरकारले यसअघि निर्देशन दिइसकेको छ ।

तपाईको प्रतिक्रिया