Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

बैतडी– सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा आज ‘काग तिहार’ मनाइँदैछ । कात्तिकमा पर्ने दीपावलीमा कागको पूजा गर्ने प्रचलन रहिआएको भए पनि सुदूरपश्चिमका पहाडी जिल्लामा भने आज फरक ढङ्गले काग तिहार मनाउने गरिन्छ ।

स्थानीय भाषामा ‘नरहरि’ भनिने यस चाड माघे सङ्क्रान्तिको नामबाट पनि बुझिन्छ । सुदूरपश्चिमका जिल्लामा पुसे तिहार अर्थात् माघे सङ्क्रान्तिमा कागलाई सेलरोटी र अन्य मीठा परिकार खुवाउने चलन छ ।

हरेक वर्ष पुस मसान्तमा सेलरोटी पकाउँदा सबैभन्दा पहिला पाकेको रोटी कागलाई दिने गरिन्छ । उक्त खानेकुरा माघे सङ्क्रान्तिका दिन बिहानै नुहाइधुहाइ गरी ‘का कौवा का का मेरो रोटी खा’, ‘का कौवा झुनमुने खाइझा’ भनेर बालबालिकाले कागलाई बोलाउँदै खुवाउने प्रचलन रहेको छ ।

धर्मशास्त्रअनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिसलगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने मान्यता रहेको पण्डित जयानन्द भट्टले बताउनुभयो ।

काग अत्यन्तै चलाख पक्षी हो । काग सर्वभक्षी प्राणी पनि हो । काग तिहारमा कागलाई पुज्ने विभिन्न महत्व र कारण रहेका छन् । कागले सबैलाई समान दृष्टिले हेर्ने धार्मिक मान्यता रहेको छ । अर्कोतर्फ यसले अन्नबालीमा लाग्ने किरा फट्यांग्रा र सबै प्रकारका मांशजन्य फोहरहरु खाइदिने हुनाले सर्वगुणी पक्षीका रुपमा मानिन्छ ।

त्यसैगरी हाम्रो सामाजमा कागलाई काकगवेषण, काकन्याय तथा काकबलि आदि विविध शब्दले काग चरित्रको चर्चा गरिन्छ । आजको दिन कागलाई पूजाआजा नगरे र खान नदिए पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ ।
माघे सङ्क्रान्तिमा कागलाई मीठा खानेकुराहरु खुवाउँदा पाप नष्ट हुने धार्मिक मान्यता रहीआएको र पार्वती शिवलाई पति पाउँ भनेर माघ महिनामा वर्त बसेकी हुनाले पनि माघ महिनालाई धार्मिक महिना मान्ने प्रचलन रहेको पण्डित जयानन्द भट्टले बताउनुभयो ।

सुदूरपश्चिमेलीले मनाउँदै आएका मौलिक चाड पर्वमध्येको एक चाड माघे सङ्क्रान्ति अर्थात् पुसे तिहारका लागि कामको सिलसिलामा घरबाहिर रहेका मानिसहरु घर फर्किने गर्छन् भने विवाहित महिलाहरु माइती घर जाने गर्छन् । माघे सङ्क्रान्तिलाई आफन्त एवम् इष्टमित्रहरुसँग भेटघाट गर्ने पर्वको रुपमा लिइन्छ ।

तपाईको प्रतिक्रिया