Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौँ– कोरियाली भाषा परीक्षामा सहभागी भई कोरिया जान नपाएकालाई पुनःनिर्माण कार्यका लागि स्वयमसेवकको रुपमा परिचालन गर्न सकिने अवधारणा वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस कोरिया शाखाले अघि सारेको छ ।
शाखाले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसमक्ष सो प्रस्ताव पठाउँदै करिब बीसदेखि तीस हजार अदक्ष श्रमिकलाई स्वयमसेवकको रुपमा छनोट गर्न सकिने जनाएको छ । शाखाका प्रमुख डिल्ली बास्तोलाले भाषा परीक्षामा असफल भएका परीक्षार्थीलाई छनोट गर्दा राजनीतिक दबाब नहुने, छनोट प्रक्रिया विवादमुक्त हुने र सजिलै ठूलो सङ्ख्यामा श्रमिकको व्यवस्था गर्न सकिने भएकाले यो प्रस्ताव ल्याइएको बताउनुभयो ।
सार्वजनिक रुपमा आह्वान गरी इच्छुक व्यक्तिलाई स्वयमसेवकका रुपमा छनोट गरी उनीहरुलाई केही अवधिको तालिम दिई ‘निश्चित निर्वाह खर्च’ प्रदान गर्ने गरी काममा लगाउन सकिने शाखाले ल्याएको प्रस्तावमा उल्लेख छ । वैदेशिक रोजगारका लागी दक्षिण कोरिया जान इपिएस कोरिया शाखाबाट गत वैशाख ३ गते सञ्चालन भएको छैटौँ कोरियन भाषा परीक्षाका लागि ५१ हजारले आवेदन दिएकामा आठ हजार ४९० जना परीक्षार्थी उत्तीर्ण भएका थिए ।
सार्वजनिक रुपमा आह्वान गरे उनीहरुमध्ये आधाले स्वयमसेवकको रुपमा काम गर्ने अनुमान शाखाले लिएको छ । छैटौं भाषा परीक्षाका सहभागीबाट अपुग भए चौथो र पाँचौँ भाषा परीक्षामा सहभागी भएका एक लाख आवेदकमध्येबाट पनि आवश्यकताअनुसार स्वयमसेवक लिन सकिने प्रस्तावमा उल्लेख छ । ***

तपाईको प्रतिक्रिया