Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

झापा– उपप्रधानमन्त्री, परराष्ट्र, संघीय मामिला तथा स्थानीय बिकासमन्त्री कमल थापाले मधेस आन्दोलनप्रति इंगित गर्दै जनतालाई दुःख दिएर गरिएको आन्दोलनको अर्थ नहुने टिप्पणी गर्नुभएको छ । नयाँ संविधान जारी भएपछि मुलुक नयाँ चरणमा प्रवेश गरेकाले संविधानको कार्यान्वयनसँगै आर्थिक विकासको मार्गमा सबैको ध्यान जानुपर्ने उहाँले बताउनुभयो ।

आज बिहान झापाको दमक नगरपालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै मन्त्री थापाले अहिले विभिन्न अप्ठ्यारा देखापर्नु स्वाभाविक भएको बताउँदै अब मुलुकको आर्थिक रुपान्तरणको लक्ष्यमा सबै एक भई जुट्नुपर्ने औल्याउँनुभयो ।

अन्तक्र्रियामा उपप्रधानमन्त्री थापाले संविधान विशिष्ट प्रजातान्त्रिक ढङ्गले जारी भएको तथा यसमा असहमति राखेर मधेसवादी लगायतका केही दलले असन्तुष्टी राख्दा आत्तिनुपर्ने अवस्था नभएको बताउनुभयो ।

मधेसमा जारी आन्दोलनको अर्थ नभएको उल्लेख गर्दै उहाँले अब जनतालाई दुःख दिएर तथा जङ्गलमा बन्दुक पड्काएर आफ्ना माग स्थापित गराउने गलत राजनीतिक चरित्र उपयुक्त बाटो हुन नसक्ने ठोकुवा गर्नुभयो । “मधेसवादी आन्दोलन र नाका अवरोध गरेर माग पूरा हुँदैन”, उहाँले सरकार संविधान संशोधनमार्फत नै मधेसको मागलाई सम्बोधन गर्न हदैसम्मको लचक भएको स्पष्ट पार्नुभयो । मधेसको गतिरोध छिट्टै अन्त्य हुने उल्लेख गर्नुहुँदै मन्त्री थापाले भन्नुभयो–“अब आन्दोलन होइन, मुलुकको राष्ट्रियता बलियो बनाउन तथा मुलुकलाई समृद्ध बनाउन हातेमालो गरेर अघि बढौँ ।”

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रीसमेत रहनुभएका थापाले सरकारले चाँडै नै स्थानीय निकायको निर्वाचन गर्न दलसँग परामर्श भइरहेको जानकारी दिनुभयो । स्थानीय निकाय लामो समयदेखि जनप्रतिनिधिविहीन हुँदा लक्ष्यअनुरुप तल्लो तहमा विकास निर्माणका काम सन्तोषजनक रुपमा हुन नसकेको मन्त्री थापाको टिप्पणी थियो ।

तपाईको प्रतिक्रिया