Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– बैंकिङ क्षेत्रमा देखिएको जोखिमलाई प्रभावकारी ढंगबाट व्यवस्थापन गर्ने उद्देश्यले छ वटा बैंकबीच (मर्ज) एकाकार हुनेबारेको सहमति पत्रमा हस्ताक्षर भएको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी बैंक तथा वित्तीय संस्था एकापसमा गाभ्ने वा गाभिने विनियमावली, २०६८ अनुसार एनसिसी बैंक, कुमारी बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक, इन्टरनेसनल डेभलपमेन्ट बैंक र सुप्रिम डेभलपमेन्ट बैंकबीच गाभ्ने–गाभिने सहमति पत्रमा हस्ताक्षर गरिएको हो ।

गाभ्ने–गाभिने प्रक्रिया २०७३ साल असार मसान्तभित्रमा सम्पन्न गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

२०७२ साल असार मसान्तको वित्तीय विवरण अनुसार छ वटा बैंक तथा विकास बैंकको गाभ्ने–गाभिने प्रक्रिया सम्पन्न भएपश्चात् बन्ने ‘क’ वर्गको बैंकको चुक्ता पुँजी आठ अर्ब २१ करोड, निक्षेप ८१ अर्ब १२ करोड र कर्जा ६४ अर्ब ८८ करोड रुपैयाँ पुग्ने एनसिसीका कामु प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया