Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– सरकारले दक्षिण एशियाली खेलकुद सागको तयारी र सहभागिताका लागि ६ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । राष्ट्रिय खेलकुद परिषदको मागेभन्दा आधा रकम सरकारले स्वीकृत गरेको हो ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले एक महिनापछि भारतको गुवहाटी र सिलोङमा हुने दक्षिण एशियाली खेलकुदको तयारी र सहभागिताको लागि ६ करोड आठ लाख उपलब्ध गराउन अर्थमन्त्रालयलाई निर्देशन दिएको बैठकपछि सूचना तथा प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता शेरधन राईले जानकारी दिनुभयो ।

राष्ट्रिय खेलकुद परिषदले सागका लागि १३ करोड ५० लाख माग गरेको थियो । तर सरकारले आधा भन्दा कम रकम मात्र उपलब्ध गराउने निर्णय गरेको छ । परिषदको माग बमोजिमको रकम सरकारले प्याकेजमा उपलब्ध गराउने सैद्धान्तिक सहमति पनि मन्त्रिपरिषद बैठकले जुटाएको छ ।

मन्त्रिपरिषद बैठकले निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन आगामी चैत्र २८ गते सम्पन्न गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले नेपाल भारत सम्बन्धलाई सुदृढ बनाउन समिति गठन गर्ने यसअघिको निर्णय अनुसार विशिष्ट ब्यक्तिहरुको सहभागितामा समिति गठन गरेको छ । समितिमा पूर्व परराष्ट्रमन्त्री तथा अर्थविद् डाक्टर भेषबहादुर थापा, कानुनविद श्रीनाथ उपाध्याय, नागरिक समाजका तर्फबाट संयुक्त राष्ट्रसंघका पूर्व उपमहासचिव कुलचन्द्र गौतम र व्यवस्थापिका संसद सदस्य डाक्टर राजन भट्टराई रहनुभएको छ ।

तपाईको प्रतिक्रिया