Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौँ– बङ्गलादेशमा हुने उन्नाइस वर्षमुनिको विश्वकप प्रतियोगिताको तयारीमा रहेको नेपाली टोली बुधबार अफगानिस्तानसँग पराजित भएको छ ।

भारतको नयाँ दिल्लीमा भएको दोस्रो अभ्यास खेलमा पनि नेपाल अफगानिस्तानसँग ४१ रनले पराजित भएको हो । यसअघि अफगानिस्तानसँग नै भएको पहिलो अभ्यास खेलमा नेपाल ८३ रनले पराजित भएको थियो ।

प्रतियोगितामा पहिले ब्याटिङमा उत्रेको अफगानिस्तानले नेपाललाई २१३ रनको चुनौती प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रेको नेपाल ४१ दशमलव ३ ओभरमा १७१ रनमा सीमित भयो ।

नेपालका लागि सुनिल धमलाले ४५, अरिफ शेखले २८ तथा दीपेन्द्र ऐरीले २३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले खासै उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । त्यसैगरी यसअघि नेपालले भारतको हिमाञ्चल प्रदेशमा स्थानीय क्लबसँग पनि अभ्यास खेल खेलेको थियो ।

आगामी माघ ८ गतेदेखि सञ्चालन हुने विश्वकपमा विभिन्न १६ राष्ट्रले भाग लिएका छन् जसमा नेपाल समूह डी मा परेको छ । त्यस्तै समूह डी मा भारत, न्युजिल्यान्ड र आयरल्यान्ड छन् ।

तपाईको प्रतिक्रिया