Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं– बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटवल अन्तर्गत नेपालले समुह चरणको दोस्रो खेलमा श्रीलंकालाई एक शुन्य  गोलले पराजित गरेको छ । जितसंगै नेपालले साफ च्याम्पियनसीपमा दुई साताअघि व्यहोरेको पराजयको बदता समेत लिएको छ ।

जितसंगै नेपालले ११ खेलसम्मको जितबिहीन यात्रा तोडेको छ । सन् २०१३ मा नेपालमा भएको साफ च्याम्पियनसीपको समुह चरणमा भारतलाई दुई एक गोलले हराएयता नेपालले कुनै खेलमा जित निकाल्न सकेको थिएन । दुई साता अघि साफ च्याम्पियनसीपमा भारतबिरुद्धको खेलमा गोल गर्दै नेपाली स्ट्राइकरले एक हजारभन्दा बढि मिनेटको गोलबिहीन यात्रालाई पनि तोडेका थिए ।

ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशलाामा सम्पन्न खेलमा सेमिफानल प्रवेशको संभावना बलियो बनाउने क्रममा नेपालले श्रीलंकालाई एक शून्य गोलले पराजित गरेको हो । नेपालको जितमा युवा स्ट्राइकर तथा खेलको म्यान अफ द म्याच विमल घर्तीमगरले गरेको गोल ने निर्णयक रह्यो । खेल सुरु भएको चौथो मिनेटमै रविन श्रेष्ठको क्रसमा विमलले पेनाल्टी एरियाबाट गोल गरेका थिए । त्यसपछि पनि अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेको नेपालले गोल भने गर्न सकेन । स्ट्राइकरहरु विमलका अलावा अञ्जन विष्ट, नवयुग श्रेष्ठ लगायतले पाएका केहि अवसरमा चुकेका थिए ।

जितसंगै समुह एमा रहेको नेपालको चार अंक भएको छ । यसअघि पहिलो खेलमा नेपालले मलेशियाको फेल्डा युनाईटेडसंग गोलरहित बराबरी खेलेको थियो । समुह चरणको अन्तिम खेलमा नेपालले अव घरेलु टोली बंगलादेशसंग प्रतिस्पर्धा गर्नेछ ।

तपाईको प्रतिक्रिया