Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

सोलुखुम्बु– हिउँदमा सुख्खा र चिसो बढ्दै गर्दा देशभर विद्युत् कटौतीको समय थपिँदै गएपनि सोलुखुम्बुको पर्यटकीय बजार नाम्चे, खुम्जुङ भ्याली, स्याङबोचेलगायत स्थानमा कहिल्यै विद्युत्भार कटौती हुँदैन ।

यस वर्ष भारतीय नाकामा उत्पन्न समस्याका कारण देशैभर इन्धन अभाव भइरहेको बेला पनि नाम्चेमा कहिल्यै बिजुली निभेको छैन । तेह्र वर्षअघि खुम्बु विद्युत् कम्पनीबाट सेवा सुरु भएदेखि हालसम्म त्यहाँ विद्युत्भार कटौतीको समस्या नभएको हो ।

पर्यटकको बाक्लो चाप भएको समयमा हिटरलगायत विद्युतीय उपकरण प्रयोग गर्दा पनि त्यहाँ विद्युत्को समस्या हुँदैन । ८५० भन्दा बढी घरपरिवारका लागि सेवा दिइरहेको सो विद्युत्बाट पर्यटकीय क्षेत्रमा निकै सहज भएको छ । काठमाडौँबाट व्यवसाय गर्न चार वर्षअघि नाम्चे आएका राजेन्द्र देसारलाई यहाँको प्राकृतिक मनोरमतासँगै चौबिसै घण्टा उज्यालो दिने बिजुलीले पनि लोभ्याएको छ ।

राजधानी काठमाडौँ पुग्नासाथ विद्युत्भार कटौतीको मार सहनुपर्ने देसारले नाम्चेको विद्युत्बाट निकै खुसी भएको बताउनुभयो । तेह्र वर्षअगाडि अस्ट्रियाको सहयोगमा करिब १८ करोड लगानी गरी निर्माण गरिएको खुम्बु बिजुली कम्पनीले अहिले नाम्चे तथा खुम्जुङको स्याङबोचे, खुन्दे, खुम्जुङ भ्यालीलगायत बासिन्दालाई विद्युत् सेवा उपलब्ध गराइरहेको छ ।

कहिल्यै अवरुद्ध नहुने विद्युत्का कारण व्यवसायमा सहजता भएको खुम्बु कम्युनिकेसन साइबरका युवास तामाङ बताउनुहुन्छ । गत जेठदेखि भदौसम्म मर्मतका लागि विद्युत् बन्द गरिएको थियो अन्यथा सो कम्पनी सुरु भएपछि कुनै पनि दिन विद्युत् अवरुद्ध नभएको र विद्युत् कटौती गर्न नपर्ने नाम्चेका ग्याल्जेन शेर्पाले बताउनुभयो ।

अहिले ६३० किलोवाट विद्युत् उत्पादन भइरहेको खुम्बु विद्युत् कम्पनीबाट ८५० भन्दा बढी घुरधुरीले सेवा लिइरहेका छन् ।

तपाईको प्रतिक्रिया