Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

टोकियो – हरेक बर्षको जनवरी महिनामा मनाइने बालिग दिवस यस बर्ष पनि जापानका बिभिन्न शहरहरुमा बिबिध कार्यक्रमका साथ मनाईयो । बिशेषगरी यस बर्ष २० बर्ष पुगेका युवा युवतिहरुको लागि उनिहरुलाई जिम्मेवारीबोध गराउने उदेश्यका साथ हरेक सिटी अफ़िसको आयोजनामा बालिग दिवस अर्थात सेइजिनसिकीको आयोजना गरिन्छ । यहि क्रममा प्रख्यात पर्यटकिय स्थल डिस्निल्याण्डमा आयोजित कार्यक्रममा करिब १४ सय जना युवा युवतिहरुले भाग लिएका थिए । बिभिन्न स्थानमा आयोजना गरिएको कार्यक्रममा स्थानिय निकायका प्रमुखहरुले आफ़्नो क्षेत्रका नव-बालिगहरुलाई सम्बोधन गर्ने क्रममा बालजन्मदरमा आएको कमि तर्फ़ ध्यानाकर्षण गराउंदै युवा युवतिले त्यसतर्फ़ सोच्नु पर्ने बिचार ब्यक्त गरेका थिए ।

जापानको आन्तरिक मामिला तथा संचार मन्त्रालयका अनुसार जनवरी १ तारिखसम्ममा जापानमा बालिग हुनेहरुको संख्या करिब १२ लाख १० हजार जना रहेको छ । उक्त संख्या अघिल्लो बर्षको तुलनामा करिब ५० हजार कम रहेको छ भने अहिलेसम्मकै सबैभन्दा कम रहेको पनि जापानी संचारमाध्यामहरुले जनाएका छन । यस बर्ष २० बर्ष उमेर पुगी बालिग हुनेहरुमा करिब ६ लाख २० हजार जना पुरुष छन भने महिलाको संख्या करिब ५ लाख ९० हजार जना रहेका छन । सन २०२५ मा उक्त संख्या करिब १० लाख ६० हजारमा झर्ने अनुमान गरिएको छ । जापानमा बाल जन्मदरमा आएको कमिका कारण बार्षिक बालिग हुनेहरुको संख्या पनि घट्दै गएको बताईएको छ ।

जापानमा २० बर्ष पुगेपछि मात्र धुम्रपान, मदिरापान गर्न कानुनी रुपमा छुट हुन्छ । त्यसैगरी उनिहरुले आफ़्ना अभिभावकको स्विकृतीबिना बिवाह गर्न पनि कानुनले छुट दिएको हुन्छ । २० बर्ष भन्दा मुनिका ब्यक्तिले कुनै अपराध गरेमा उसको नाम सार्बजनिक गर्न कानुनले बन्देज लगाएको छ । जापानमा २० बर्ष पुगेपछि आफ़्नो परिवारबाट छुट्टै बस्ने र आत्मनिर्भर जिवन बिताउने प्रचलन छ । यसै बर्ष देखि निर्वाचनमा मतदान गर्ने उमेर भने २० बर्षबाट १८ बर्षमा झारेको छ । जसको कारण आगामी गृष्ममा हुन गईरहेको जापानको माथिल्लो सदनको आम निर्वाचनमा करिब २४ लाख मतदाता १८ र १९ बर्षका रहने छन । युवाहरुलाई पनि राष्ट्रको राजनितिमा रुची बढाउने उदेश्यले यसो गरिएको बताईएको छ ।

तपाईको प्रतिक्रिया