Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024
काठमाडौं– पत्नी शोक भएको एक वर्षपछि बरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले दोस्रो विवाहको तयारी गरेका छन् । तर उनले नयाँ दुलहीको नाम बताउन चाहेनन् ।
हरिवंश पत्नी मीरा आचार्यको गत वर्ष बैशाख ७ गते निधन भएको थियो । मस्तिष्कमा पक्षघात भएपछि उपचारार्थ भर्ना भएकाबेला मोडल अस्पतालमा उनको मृत्यु भएको थियो ।
हरिवंशले आफू पनि दोस्रो विवाहको विरोधी भए पनि बाध्यता भएको बताएका छन् । ‘म किरियामा बसेका बेला कहिले बिहे गर्ने भन्थे, मलाई नराम्रो लाग्थ्यो,’ उनले भन्ने गरेका छन्, ‘तर प्रकारान्तरमा म आफै दोस्रो विवाहका लागि तयार हुनुपर्ने अवस्था आयो ।’
हरिवंशले श्रीमती मिराले आफूलाई खुशीसाथ हाँस्न सिकाएको बताउँदै एक्लोपन हटाउन नै विहे बाध्यता बनेको बताए । अहिले दुई छोरामध्ये जेठा छोरा त्रिलोक र बुहारी तथा कान्छा छोरा मोहितका साथ हरिवंश भक्तपुरको बालकोटमा बस्दै आएका छन् ।
जेठा छोरा बुहारी यसै साता अमेरिका जाने र आफू र मोहितमात्र घरमा बस्न नसक्ने उनले बताउने गरेका कलाकार मदनकृष्ण श्रेष्ठले उल्लेख गरे ।
श्रीमती मीरा र कान्छा छोरा । फाइल तस्बिर
तपाईको प्रतिक्रिया