Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रियता प्रजातन्त्र र सर्वसाधारणको सुरक्षा इतिहासमै सबैभन्दा जोखिममा परेको धारणा प्रकट गर्नुभएको छ।

बिहीबार विराटनगरमा पूर्व क्षेत्रका साचारकर्मीसित शाहले भन्नुभयॊ- ‘मैले शुरुदेखि नै भन्दै आएको थिएँ मुलुकको राष्ट्रियता प्रजातन्त्र र सर्वसाधारणको सुरक्षा अत्यन्तै जोखिममा परेको छ। मुलुकको राष्ट्रियता प्रजातन्त्र र सर्वसाधारणको सुरक्षासहित तीनवटा कुरामा सुधार नआएसम्म देशमा शान्ति र स्थिरता आउन नसक्ने पूर्वराजा शाहको कथन थियो। सुनसरीको झुम्कामा बिहीबारदेखि शुरु भएको भविष्य पुराणको उदघाटन गर्न विराटनगर आउनुभएका पूर्वराजाले काठमाडौं फर्किने क्रममा विराटनगरस्थित होटल रत्नामा पत्रकारसँग भेटघाट गर्नुभएको थियो।

शाहले आफूले भन्दै आएको राष्ट्रियता प्रजातन्त्र र सर्वसाधारणको सुरक्षालाई जोड दिन साचारकर्मीलाई आग्रहसमेत गर्नुभयॊ। ‘तपाईंहरु पनि यी तीनवटा कुरालाई जोड दिनुहोस्’ शाहको भनाइ थियो- ‘यसको महत्व विगतमा पनि थियो र भविष्यमा पनि हुनेछ। यो बिना देश अगाडि बढ्न सक्दैन।’ राष्ट्रियता बलियो नभएसम्म हामी नेपाली पनि बलियो नहुने उहाँको तर्क थियो। ‘यदि नेपाल नै नरहे हामी रहँदैनौं’ उहाँले भन्नुभयो- ‘राष्ट्रियता बलियो भए मात्रै हामी जहाँसुकै गएर पनि शिर ठाडो पारेर हिँड्न सक्छौं।’

पछिल्लो समयमा देशका विभिन्न ठाउँमा हुने गरेका पुराणले मुलुकमा शान्ति स्थापना हुने उहाँले बताउनुभयो। उहाँले पत्रकार सम्मेलन अगाडि पूर्वांचलका विभिन्न जिल्लाबाट आएका आफूनिकटका व्यक्तिहरुसँग भेटघाट गर्नुभएको थियो। ***

तपाईको प्रतिक्रिया