Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – म्याग्दीमा रहेर लोकसँस्कृतिका क्षेत्रमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरसम्म निकै ठुलो योगदान पुरयाएको भन्दै म्याग्दीका चारजना बिभिन्न बिधाका स्रष्टाहरुलाई नेपाल प्रज्ञा प्रतिष्ठानले नगद पुरस्कार सहित सम्मान गरेको छ ।
गत बुधबार जिल्लाको दरबाङमा आयोजित एक कार्यक्रमका अवसरमा प्रज्ञा प्रतिष्ठानका नृत्य प्रमुख मिथिला शर्मा, संगीत प्रमुख यज्ञराज उपाध्याय र लोकगित प्रमुख कबिता आलेले जिल्लाका बाद्यबादन, लोकगित, ख्याली गित तथा बिभिन्न क्षेत्रमा योगदान पु्रयाएको भन्दै दुर्गा, बीरहादुर कार्की, पार्वती गर्बुजा र योगेन्द्र क्षेत्रीलाई सम्मान गरेको हो । सम्मानित व्यक्तित्वहरुलाई नगद १० हजार, ताम्रपत्र र दोसल्ला ओढाएर प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा प्रमुख अतिथि जीवा लामिछानेले सम्मान गरेका हुन् ।

त्यस्तै कार्यक्रमका अवसरमा म्याग्दी तथा म्याग्दीमा जन्मेर बिदेशमा रहेर पनि म्याग्दीको विकासमा योगदान पुरयाएका अन्य १२ जना व्यक्तित्वहरुलाई प्रतिष्ठान अंकित लोगोले सम्मान गरिएको थियो । कार्यक्रमका अवसरमा म्याग्दीका दुर्गम गाउँमा परम्परागत रुपमा चल्दै आएका बिभिन्न ख्याली, झ्याउरे, लोक, भजन लगायतका गितका साथै नृत्यहरु प्रदर्शन गरिएको थियो ।
प्रतिष्ठानको टोली स्थानीय लोक सँस्कृति संकटमा पर्दै जान लागेको अवस्थामा म्याग्दीमा त्यसको गतिविधि बुझन र त्यसको अध्ययन गर्नका लागि तिन दिन अगाडि म्याग्दी आएर जिल्लाका बिभिन्न क्षेत्रमा पुगेर त्यसको अध्ययन अनुगमन गरेको थियो । करिव एक साता म्याग्दी रहने टोलीले म्याग्दीमा परम्परागत लोक सँस्कृती, नृत्य तथा स्थानीय बाध्यबादनका सामाग्रिहरुको अवस्थाका बारेमा अध्ययन गर्ने बताएको छ । साथै यहाँको लोकसँस्कृतिका बारेमा प्रतिष्ठानमा समेत बहस उर्ठाई संरक्षण र सम्बर्धनमा लाग्ने जनाएको छ । ***

 

तपाईको प्रतिक्रिया