Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

धरान –  स्थापनाकाल देखिनै सशस्त्र बिद्रोह गर्दै आइरहेको किराँत जनावादी वर्कस पार्टीले मुलुकको बर्तामान संक्रामणकालिन अवस्थामा शान्तिपूर्ण तरिकाबाटनै आफ्नो मागहरु पुरा हुन सक्ने बताईएको छ । यही आवस्थामा संयुक्त जातिय मुक्ती मोर्चा नेपालको महासचिब मुक्तिदाता उर्फ रमेश राइले यलम्बर, साल्पा र पारुहाङको नाम लिएर सर्बसाधारण जनतामा ठूलो भ्रम छर्ने गरेको आरोप लागाईएको छ । २०६८ फागुन १७ गते किराँत जनवादी वर्कस पार्टीको सचिब योक्नेहाङ किराँती द्वारा जारी बिज्ञाप्तिमा उक्त आरोप लागाइएको छ ।
किराँती द्वारा जारी बिज्ञाप्तिमा भनिएकोछ – जबसम्मा यो धर्तिमा यलम्बरको रगत बगिरहन्छ तब सम्मा बीरासताको निम्ती किराँती समुदायले बिद्रोहा गरिरहनेछ भन्ने प्रमण पटक-पटक किराँती समुदायले गर्ने गरेको बिद्रोहले पुष्टी गरेको छ । किराँत जनबादी वर्कस पार्टी पनि यही मन्यतालाई सिरोधार्य गर्दै मरे बाँचे माटोको लागी भन्ने कसम खाएर स्थापना कालदेखिनै सशस्त्रा बिद्रोहमा होमिरहेको छ ।तर देशको संक्रमणकालिन राष्ट्रिय परिस्थितिलाई मध्यानजर गर्दै शान्तिपूर्ण रुपमा आफ्ना मागहरु पुरा गराउन सकिने सोचका साथ बर्तमान सरकार संग बार्ता प्रकृयामा प्रबेश गर्न सकिने बातबरण बनिरहेको अवस्थामा संयुक्त जातिया मुक्ती मोर्चाको महासचिब अनन्ता क्रान्ति (मुक्तिदाता) उर्फ रमेश राईले यलम्बर किराँतीको नाम लिएर स्वयं किराँत जनवादी वर्कस पार्टीको अध्यक्षा हु भन्ने भ्रम फैलाउने काम गरिरहेको छ ।

संयुक्ता जातिया मुक्ती मोर्चाको महासचिब अनन्ता क्रान्ति (मुक्तिदाता) उर्फ रमेश राइले भन्ने गरेको यलम्बर, साल्पा र पारुहाङ भन्ने गरेका ब्यक्तिहरु किराँत जनवादी वर्कस पार्टीको साधारण सदस्य समेत नरहेको कुरा स्पस्टा गर्न चाहन्छौ ।

माथि उल्लेखित ब्यक्तिहरु किराँत जनवादी वर्कस पार्टीको नाम लिएर दलाली गरी रहेको र उनिहरु ब्यक्तिगत स्वार्थ पुरा गर्न चाहने जनबिरोधी कृयाकलापमा संलग्न भएका तत्वहरु मात्र हुन । किराँत जनवादी वर्कस पार्टीको अध्याक्ष बिबस बिद्रोही उर्फ बिनेश राइको २०६७ चैत्र २६ गते किराँत स्वायात्ता प्रदेशको भोजपुर जिल्ल स्थित पाङ्चाघाटमा सुरक्षाफौजले षडयन्त्र पूर्वक हत्या गरे पछि तत्कालिन उपाध्याक्ष सांकेन्मा किरातिनै किराँत जनवादी वर्कस पार्टीको कार्यबाहक अध्यक्ष रहेको कुरा स्पस्ट गराउना चाहन्छौ । ** *

तपाईको प्रतिक्रिया