Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – फेब्रवरि २८, मंगलबारका दिन एड्स रोग नियन्त्रण संघ कास्कीले आकुँरा एकल तथा संक्रमित महिला समुह पुरुञ्चौर –१ लाई आर्थिक सहयोग प्रदान गरेको छ ।

थकाली सेवा समिति जापानले संघलाई एचआइभी एड्स संम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नको लागि प्रदान गरेको रकम मध्यबाट आकुँरा केयर भिलेजको भवन निर्माणार्थ ३५ हजार रुपैया पुरुञ्चौरमा मंगलवार आयोजित एक कार्यक्रमका बीच प्रदान गरेको हो । संघले एचआइभी सङक्रमित लक्ष्मी अधिकारीको स्वास्थ्य उपचारको लागि १५ हजार रुपैया सहित ५० हजार संघका अध्यक्ष विश्वमोहन गौचनले अधिकारीलाई हस्तान्तरण गर्नुभएको हो । संघका अध्यक्ष विश्वमोहन गौचनले स्थापना कालदेखि नै आकुँरा एकल तथा संक्रमित महिला समुहलाई सहयोग गर्दै आएको र आगामी दिनहरुमा संघ लगायत अन्य संघ संस्थाहरुले पनि निरन्तर रुपमा सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा संघका सदस्यहरु पुरुषोत्तम श्रेष्ठ र क्याप्टेन चीन बहादुर गुरुङले आकुँरा केयर भिलेजमा आएर सहयोग गर्न पाउदा खुसि लागेको बताउदै घर निर्माणका लागि सबैको सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा आँकुरा एकल तथा संक्रमित महिला समुहकी अध्यक्ष अधिकारीले स्थापना कालदेखि संघले निरन्तर सहयोग गर्दै आएको स्मरण गराउदै आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा गर्नुभयो । कार्यक्रममा स्थानीय आमा समुहकी अध्यक्ष झिम कुमारी के.सी., समाजसेवी गोपाल के.सी, संघका सचिव राजन उपाध्याय लगायतले बोल्नुभएको थियो । ***

तपाईको प्रतिक्रिया