Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

टोकियो – ५ करोड येनको परोपकारी कोष स्थापनार्थ आयोजना गरिएको महजात्राका लागि जापान आएका महजोडी लगायतका कलाकारहरुको टोलीलाई दिवाभोजसहित सोमबार अपरान्ह नागोयामा स्वागत गरिएको छ ।

एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय समितिका उपसंयोजक गोबिन्द श्रेष्ठ (रोविन्द) को प्रायोजन र एनआरएनए तोकाई होकुरिकुको सक्रियतामा भएको सो दिवाभोजसहितको स्वागत कार्यक्रममा महजोडी लगायतका कलाकारहरुलाई स्वागत तथा सम्मान गरिएको हो ।

उपसंयोजक श्रेष्ठ निवासमा भएको सो कार्यक्रममा बोल्दै हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले परोपकारी कोष स्थापनाका लागि एनआरएन जापानले गरेको पहल सह्रानीय रहेको भन्दै सबै मिलेर अभियानलाई सफल पार्नुपर्नेमा जोड दिनुभयो । लोकगायक बमबहादुर कार्कीले पबित्र उद्देश्यले आयोजित कार्यक्रममा ब्यवसाय छोडेर जान नसकेता पनि कार्यक्रमको टिकट लिएर सहयोग गर्न अनुरोध गर्नुभयो ।
सो अवसरमा नायिका प्रियंका कार्की, क्रिकेट कप्तान पारस खड्का लगायतले पनि आफ्नो भनाई राखेका थिए ।

यसअघि एशिया प्यासिफिकका उपसंयोजक श्रेष्ठले उपस्थित सबैमा स्वागत गरेका थिए ।

कार्यक्रमको अन्तमा, एनआरएनए तोकाई होकुरिकुका संयोजक रामु खरेलले सबैमा धन्यबाद ज्ञापन गरेका थिए भने कोषाध्यक्ष लक्ष्मी रेग्मीले सहजीकरण गरेकी थिईन । महजोडी लगायतका कलाकारहरुको सांगीतिक कार्यक्रम महजात्रा आज ओसाकामा हुंदै छ ।   ***
Nagoya 1 Nagoya 2 Nagoya 3 Nagoya 4 Nagoya 5 Nagoya 6

तपाईको प्रतिक्रिया