Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – नयाँ अध्ययनको दावीअनुसार नियमित व्यायाम गर्ने व्यक्तिको आयु नौ प्रतिशतसम्म पनि बढी हुने बताईएको छ । क्लीवल्यान्ड स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताहरूको एक अनुसन्धानमा के पाइएको छ भने कुनै व्यक्तिले हप्तामा तीनपल्ट कुनै शारीरिक अभ्यास गर्छ भने उसले ९ प्रतिशत आयु बढाइरहेको हुन्छ ।
अनुसन्धानले अर्को कुरा पनि दावी गरेको छ- तीव्र गतिमा गरिने आधुनिक व्यायामले पनि व्यक्तिको आयुमा सकारात्मक प्रभाव पार्छ । अध्ययनकर्ताहरूले अमेरिकामा रहेका १२ हजार व्यक्तिसँग सोधिएको प्रश्नपछि उक्त नतिजा सावैजनिक गरेका हुन् । अनुसन्धानका प्रमुख डा. वासिलिओस कास्टियसले भनेका छन्- महिनामा एक अथवा तीनपल्ट व्यायाम गर्ने व्यक्तिले पनि पाँच प्रतिशत आयु बढाउन सक्छन् । ***

तपाईको प्रतिक्रिया