Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – बाग्लुङकी सपना रोका मगरले यस वर्षको मिस मंगोलको ताज पहिरेकी छन् । राजधानीमा शनिबार सम्पन्न चौथो मिस मंगोलको अन्तिम प्रतिस्पर्धामा तेह्रथुमकी नुमा कन्दङ्वा फस्ट रनअरप भइन् । उनले वेस्ट पर्सनालिटी र मिस फोटोजेनिक उपाधि पनि जितिन् । भोजपुरकी उषा राई सेकेन्ड रनअरप भइन् ।

सपनाले साढे सत्र तोला चाँदी र २ सय ३० पत्थर जडित शीर्ष ताज पहिरिन र ३० हजार रुपैयाँ पनि हात पारिन् । फस्ट रनअरप नुमाले ताजसहित २० हजार रुपैयाँ र सेकेन्ड रनअरप उषाले ताजसँगै १० हजार रुपैयाँ पाइन् । यस वर्षको मिस मंगोल बनेपछि २४ वर्षीया सपनाले आफू सफल हुनुमा ‘धैर्य र बुझेर मात्र बोल्ने बानीले काम गरेको’ खुलाइन् । फाइनल राउन्डका लागि चुनिएका पाँच प्रतियोगीलाई निर्णायक मण्डलले ‘असल कि सफल महिला बन्ने ?’ लिखित प्रश्न सोधेको थियो । सबैले ‘असल महिला बन्ने’ जवाफ दिएका थिए, सपनाले भने ‘असल मान्छेबाटै सफल बन्न सकिन्छ’ भन्ने विचार राखेकी थिइन् । सुरुदेखि अन्तिमसम्म नै नेपाली भाषामा प्रस्तुत भएकी उनले ३१ प्रतिस्पर्धीलाई पछि पारेकी हुन् ।

भविष्यमा एयर होस्टेस बन्ने उद्देश्य राखेकी उनले मंगोल संस्कृतिलाई संरक्षण र प्रवर्द्धन गर्न सक्दो पहल गर्ने बताइन् । चार्टर्ड एकाउन्टेन्ट बन्ने सपना बोकेकी १९ वर्षिया नुमाले चाहिँ प्रतियोगितामा सहभागी भएपछि मंगोल संस्कृतिको महत्त्व र अर्थ बुझेको सुनाइन् । थापाथलीस्थित नर्भिक अस्पतालमा एक वर्षदेखि नर्सिङ पेसामा रहेकी उषाले पेसाभन्दा बाहिर पनि आफ्नो क्षमता प्रदर्शन गर्न चाहेको बताइन् । ***

तपाईको प्रतिक्रिया