Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

टोकियो – आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जापान शाखाको आइतवार टोकियोमा भएको पहिलो अधिबेशनले पुनः शान्त पहरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।

नवगठित ११ सदस्यीय कार्यसमितिको उपाध्यक्षद्वयमा निशान राना मगर र चसिला लामा, महासचिबमा फुर्वा शेर्पा, सचिबमा अभिनाश तामाङ, कोषाध्यक्ष सुनिता श्रीष मगर चयन हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा हरिलाल श्रेष्ठ, गणेश लिम्बु, सशिकला मोक्तान, लालध्वज मादेन, उषा कन्दवा चयन हुनुभएको छ भने दुई जना सदस्य कार्यसमितिले पछि मनोनयन गरिने बताईएको छ ।

1‘जातिय पहिचान सहितको संघीयता, समाबेशी सञ्चार आजको आवश्यकता’ भन्ने नाराका साथ सम्पन्न अधिबेशन समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष पासाङ शेर्पाले नवगठित कार्यसमितिलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

यसैगरी बिशेष अतिथिको आसनबाट बोल्दै नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्लले नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गर्दै प्रवासको पत्रकारिता चुनौतीपूर्ण रहेको भए पनि नागरिकका सूचनाको हक र प्रेस स्वतन्त्रताको पक्षमा निर्भिक भएर उभिन पत्रकारहरुलाई आह्वान गर्नुभयो । उहाँले समयअनुकुल पत्रकारहरुले पनि आफ्नो दक्षता अभिबृद्धि गर्न सकेमा स्तरिय समाचार सामाग्री दिन सकिने विचार ब्यक्त गर्नुभयो ।

अर्का बिशेष अतिथि एनआरएन जापानका अध्यक्ष सुदन थापाले शुभकामना मन्तब्य ब्यक्त गर्दै पत्रकारहरुले नेपाली समुदायको हितमा आफ्नो भूमिकालाई थप सशक्त बनाउनुपर्ने विचार ब्यक्त गर्नुभयो ।
2कार्यक्रममा शेर्पा संघका अध्यक्ष लाक्पा गेलु शेर्पा, किरात याक्थुङ चुम्लुङका अध्यक्ष देबीबहादुर इङ्नाम, मादन कुमारी तामाङ समाजका अध्यक्ष हिमाल लामा, मनाङ सोसाइटीका अध्यक्ष पेम्बा लामा, गोबिन्द थकाली, सोममाया गुरुङलगायतका समाजसेवी अतिथिहरुको पनि समारोहमा शुभकामना मन्तब्य रहेको थियो ।

अधिवेशन समारोहको प्रमुख अतिथि तथा बिशेष अतिथिहरुले संयुक्तरुपमा  उदघाटन गर्नुभएको थियो ।

गत जनवरी १ तारिखका दिन गठन गरिएको फोनिज जापान तदर्थ समितिका अध्यक्ष शान्त पहरीको सभापतित्वमा भएको सो अधिवेशन समारोहमा समितिका सचिव चसिला लामाको स्वागत मन्तब्य रहेको थियो भने महासचिब निशान राना मगरको सञ्चालन रहेको थियो ।***4 5 6

तपाईको प्रतिक्रिया