Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

बेनी –  म्याग्दी जिल्लाको लोक संस्कृतिको अध्ययन गर्न नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका तीन सदस्यीय टोली सदरमुकाम बेनी आईपुगेका छन् । पछिल्लो समय लोकसंस्कृतिमा विभिन्न खाले विकृति र समस्याहरु भित्रिदै गएको भन्दै देशदौडाहा अभियानमा निस्केका लोकगीत विभाग प्रमुख कविता आलेमगर, नृत्य विभाग प्रमुख मिथिला शर्मा र लोकसंगीत विभाग प्रमुख यज्ञराज उपाध्यायको टोली बेनी आईपुगेका हुन् ।

मोना युके र पश्चिम म्याग्दी युवा क्लबको आयोजनामा सोमबार देखि जिल्लाको दोश्रो व्यापारिक केन्द्रमा दरबाङ्गमा सञ्चालन हुने सांस्कृतिक सदभावमा टोली विभिन्न कला, सांस्कृतिक र नृत्यको अध्ययन तथा जानकारी लिनेछन् । फागुन १७ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा कलाकाहरुले मौलिक गीत तथा नृत्य पनि प्रस्तुत गर्नेछन् । दरबाङ्ग जानेक्रममा आईतबार बेनीमा नागरिक समाज म्याग्दीले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै नृत्य विभागकी प्रमुख प्राज्ञ मिथिला शर्माले पुराना कला संस्कृति र परम्पराको संरक्षणका लागि सञ्चारमाध्यम र नागरिक समाजको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । “नेपाल लोकसंस्कृतिमा धनी भएकाले क्रमशः दोश्रो पुस्तामा पनि हस्तान्तरण हुदै जान्नुपर्छ” उहाँले भन्नुभयो ‘त्यसका लागि विद्यालयस्तरबाटै यससम्बन्धी अध्ययनको व्यवस्था हुनुपर्नेमा उहाँहरुको जोड रहेको छ ।

लोकविभागकी प्रमुख प्राज्ञ कविता आलेमगरले मोफसलका स्रस्टालाई पनि सम्मान गर्ने उद्देश्यले देशको विभिन्न ठाउँमा पुगेको बताउनुभयो । ‘यहां पनि थुप्रै प्रतिभाहरु छन्, उनीहरुलाई निराश हुन दिनु हुदैन, उहाँले थप्नुभयो ‘त्यसको तथ्यांक राज्यले राख्नुपर्छ ।’ कार्यक्रममा, म्याग्दीका साहित्यकार धुव्रलाल शर्मा, सञ्जय श्रेष्ठ, अंगज श्रेष्ठ, समाजसेवी मुक्ति रोका, जिल्ला शिक्षा अधिकारी विष्णुनारायण श्रेष्ठ, नागरिक समाज म्याग्दीका संयोजक र्सुदशनकुमार श्रेष्ठ लगायतले स्रस्टाका सिर्जना चोरी भईरहेको प्रति जिज्ञासा राख्नुभयो । जिल्लाका २ जना अग्रज स्रष्टालाई नगद सहित ताम्रापत्रले सम्मान गर्ने जानकारी दिदै संगीत विभागका प्रमुख यज्ञराज उपाध्यायले सिर्जना चोरी हुने क्रम तीब्र बनेपनि नियन्त्रण हुन नसकिरहेको बताउनुभयो । यसअघि टोली कालिकोट, जुम्ला, रौतहट तथा अछाम जिल्लामा पनि अनुसन्धान गर्नुका साथै आफ्नो प्रस्तुती पनि पस्केका थिए । ***

तपाईको प्रतिक्रिया