Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

टोकियो­ – ­इटालीका वैज्ञानिकहरूले बताएअनसार भूकम्पले पानीको रासायनिक गुणमा गराउने परिवर्तनका कारण जलचर जीवले भुइँचालोको पूर्वानुमान गर्न सक्छन् । भूकम्पको धक्का मान्छेले महसुस नगर्दै जमिनमुनि हुने कम्पनले भूमिगत पानीमा विभिन्न खनिज तत्व मिसिन जान्छ । यसरी खनिज तथा अन्य रसायन मिसिएको पानी मूल हुँदै बाहिर आएपछि उक्त पानी मिसिएका ठाउँमा बस्ने भ्यागुता तथा माछालगायतका जीवले पानीको रासायनिक परिवर्तन महसुस गर्दछन् । पानीको रासायनिक गुण एक्कासी परिवर्तन हुँदा भ्यागुता तथा माछालगायतका जलचर आत्तिँदै पानी बाहिर हाम फाल्दै गरेको खोजकर्ताहरूले पाएका छन् ।

यसरी भ्यागुता तथा माछा एकाएक पानी बाहिर हाम फाले भने हामीले बुझनुपर्छ अब केही समयपछि नै भुइँचालो वा अरु कुनै भौगर्भिक घटना हुन गइरहेको छ भन्ने बुझ्न सकिने वैज्ञानिकहरूको ठहर छ । जलचरहरूले कसरी भुइँचालो आउन थालेको पत्ता लगाउँछन् भन्ने पत्ता लगाउन इटालीका वैज्ञानिकहरूले पोखरीको पानीको रासायनिक गुणमा परिवर्तनपछि भ्यागुताले देखाउने प्रतिक्रियाको अध्ययन गरेका थिए । पछिल्लो तथ्यबाट अहिलेसम्म पूर्वानुमान सम्भव नभएको भुइँचालोको भविष्यवाणी गर्न जनावरको व्यवहारको प्रयोग कामयावी हुने देखिएको वैज्ञानिकहरूले जनाएका छन् । ***

तपाईको प्रतिक्रिया