Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

टोकियो ­- चीनसँगको आइप्याड प्रतिलिपि लडाइँमा एप्पल पराजित भएको छ । चीनमा उत्पादित आइप्याडको विश्वब्यापी बिक्रिवितरणमा रोक लगाउने चिनियाँ कम्पनी प्रोभ्यसँगको प्रतिलिपि अधिकारको लडाइँमा एप्पल पराजित भएको हो । मुद्दा जितेको कम्पनी प्रोभ्युले चिनियाँ भन्सार निकायलाई आइप्याडको निर्यातमा प्रतिबन्ध लगाउन अनुरोध गर्ने योजना रहेको बताएको छ । ट्रेडमार्कको नियम उल्लंघन गरेको आइप्याडको आयात-निर्यातमा दुवै प्रतिबन्ध लगाउन हामीले चिनियाँ भन्सारलाई अनुरोध गर्ने तयारी गरिरहेका छौं” – प्रोभ्युका वकिल जी याङ्गइले भने ।

अमेरिकाबाट सञ्चालनमा रहेको एप्पलका आइफोन, आइप्याडलगायतका उत्पादन गर्ने करिब आधा दर्जन उद्योग चीनमा रहेका छन् । । स्थानीय अदालतमा चिनियाँ फ़र्म प्रोभ्युसँग एप्पलले आइप्याड ब्रान्डको मुद्दा हारेपछि देशभरिका कतिपय स्टोरले बिक्रि कक्षबाट आइप्याड हटाएका चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । एप्पलले प्रोभ्युबाट दस फरक देशहरुमा आइप्याडको ट्रेडमार्क किनेको विज्ञप्तिमार्फत जनाएको छ । ***

तपाईको प्रतिक्रिया