Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

टोकियो – भारतमा बोलेर आदेश दिएबमोजिम चलाउन सकिने मोबाइलको बिकास भईरहेको थाहा भएको छ । उक्त मोबाईलमा बोलेरै एसएमएस लेख्न सकिने मात्र नभएर मोबाइलका सबै सुविधाका अप्शनहरु मुखैबाट चलाउन सकिने सेवा दिने छ ।
हैदराबादको इन्टरनेसनल इन्स्टीच्युट अफ इन्फरमेसन टेक्नोलोजी (आइआइआइटी) ले यस्तो मोबाइल प्रविधिको विकास गर्न लागेको हो । प्रविधिले मौखिक आदेशलाई मोबाइलले बुझ्ने भाषाका रुपमा विकास गर्ने छ । कम्पनीका निर्देशक राजीव संगलकाअनुसार दुइ वर्ष भित्र पूरा हुने सो परियोजनालाई भारतीय सूचना प्रविधि मन्त्रालयले सहयोग गरेको छ ।
उक्त मोबाईल बजारमा आइसकेपछि मोबाइल फोनसँगै कुरा गर्न सकिने, मौखिक आदेश दिएर एसएमएस पठाउन सकिने भएकोले औंलाले चलाउने झन्झटबाट ग्राहकहरु मुक्त हुनेछन् । ***

तपाईको प्रतिक्रिया