Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

दोहा – नेपाल लगायत तेश्रो मुलुकमा प्रदर्शन भई प्रशस्त ख्याति कमाएको चलचित्र लुट अब कतारको बजारमा पनि प्रदर्शन हुने भएको छ । पुराना कथा शैली र पुरानै ढाँचामा मात्र चलचित्र निर्माण हुँदै आएपछि नेपाली चलचित्र प्रेमीहरुलाई नेपाली चलचित्र प्रति नै मोह घट्दै गएको अवस्थामा भिन्न कथा लिएर आएको लुटले काठमाडौंमा राम्रै लुट मच्चाउन सफल भएको छ ।
युवा बर्गलाई लक्षित गरी बनाईएको उक्त चलचित्रको निर्देशन भने निश्चल बस्नेतले गरेका छन् । काठमाडौंको चलचित्र बजारमा भारतीय चलचित्रले एकछत्र राज गरेको अवस्थामा लुटको प्रदर्शनले भर्खरै मात्र रिलिज भई प्रदर्शनमा आएको हिन्दी कथानक चलचित्र अग्निपथ काठमाडौंबाट एक हप्तामा नै बाहिरिन पुग्यो । काठमाडौंबाट एक हप्तामा नै अग्निपथलाई रिङआउट गर्न सफल भएपछि चलचित्र लुट हेर्नेको संख्यामा अकास्मात बृद्धि भएको कुरा फोन वार्तामा काठमाडौंबाट निर्देशक निश्चल बस्नेतले बताए । हामीले अष्ट्रेलियाको २ वटा शहरमा मात्र प्रदर्शन गर्ने लक्ष्य लिएर प्रदर्शनीको लागि गएका थियौं, सिड्नी, मेलबर्न, गोल्डक्वोस्ट र डार्विनमा पनि त्यसको माग भएको हुनाले अष्ट्रेलियामा नै यो चलचित्रले धेरै बजार जमाउन सफल भयो । हङकङ, डेनमार्कमा समेत प्रदर्शन भईसकेको उक्त चलचित्र मार्च ४ मा अमेरिकामा प्रिमियर शो हुने भएको छ भने मलेसिया, दुवईबाट पनि यसको माग तिब्र भईरहेको निर्देशक बस्नेतले जनाए ।

हाल कतारमा आगामी मार्च २३ तारिखको दिन प्रदर्शन गर्न लागिएको चलचित्र लुटको प्रदर्शनी लक्ष्मण खतिवडाले गर्न लागेका छन् भने सहयोगी संस्थाको रुपमा स्याङ्जा सहयोग समाज रहेको छ । चलचित्र लुटको प्रोमोशनको लागि नेपालबाट निर्देशक निश्चल बस्नेत र नायिका ऋचा शर्मा आउने भएका छन् । निश्चल बस्नेतको लेखन तथा निर्देशन, माधव वाग्ले र नरेन्द्र महर्जनको निर्माणमा बनेको चलचित्र लुटमा सौगात मल्ल, कर्म दयाहाङ राई, प्रतीकराज न्यौपाने, सुशिल राज पाण्डे । प्रवीण खतिवडा, ऋचा शर्मा, सिर्जना सुव्वाको अभिनय रहेको छ । थोरै मात्र भूमिका भएपनि आफ्नो अभिनय जबरजस्त रहेको दावी गर्ने नायिका ऋचा शर्माले फोन मार्फ जानकारी गराईन्- कतारका नेपाली चलचित्र प्रेमी दर्शकहरुसंग बसेर चलचित्र हेर्न म पनि कतार आउँदै छु । ****

तपाईको प्रतिक्रिया