Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – सिन्धुपाल्चोकको जिरोकिलो-हेलम्बु सडक खण्डको थाक्ले भन्ने ठाउँमा आज बिहान जन्तीबस दुर्घटना हुँदा २६ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

बाँसबारी-९ थाक्लेका दुलाहा मोहन तामाङका जन्ती लिएर दुलही लिन महांकाल हिँडेको बा२ख ३९२९ नम्बरको बस पाँच मिनेट नगुड्दै बिहान साढे सात बजेतिर दुर्घटना भएको हो। क्षमताभन्दा बढी जन्ती बोकेको बस कच्ची सडकको ओरालोमा एक बल्ड्याङ पल्टिएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर लोकहरि खनालले बताए।
उनका अनुसार घाइतेमध्ये मेलम्चीका यमबहादुर परियार, श्याम परियार, रामजी परियार र बाँसबारीका कपिल विकको अवस्था गम्भीर छ। प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनीहरुलाई अहिले काभ्रेको धुलिखेल अस्पताल रिफर गरिएको छ। अरु २२ घाइतेको मेलम्चीमै उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुलाहा मोहनलाई भने केही भएको छैन। अर्को बस व्यवस्था गरी सकुशल रहेका जन्तीको साथ लागेर उनी दुलही लिन महांकाल गएका छन्। ***

तपाईको प्रतिक्रिया