Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौ – अर्थमन्त्री वर्षमान पुनले माओवादी लडाकुले ब्रिगेडियर जनरलसम्म पाउने बताएका छन् । रोल्पा सदरमुकाम लिबाङमा नेपाल पत्रकार महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पुनले उक्त कुरा बताएका हुन् ।

उनले सेनाको पछिल्लो प्रस्ताव सकरात्मक रहेको भन्दै बिशेष समितिले सरकारलाई गरेको आग्रह अनुसार प्रधानमन्त्रीको निर्देशनमा नेपाली सेनाले प्रस्ताव तयार पारेकोले कसैले पनि विरोध गर्न नहुने बताए ।

‘साढे ६ हजार जनमुक्ति सेनालाई नेपाली सेनामा समायोजन गर्ने, उमेर, वैवाहिक अवस्था र शिक्षाको हकमा लचिलो हुने र व्रिजिङ कोर्समा लचक हुने भन्ने कुरा सात बुँदे सहमतिको आधारमै भएको हो’ उनले भने ।

त्यसैगरी उनले चीनबाट मध्यम खालको एमए-६० तीनवटा र सानो खालको वाई-१२ पाँचवटा गरी ८ वटा हवाई जहाज ल्याउने पहल पर्यटन मन्त्रालयमार्फत अगाडि बढेको जानकारी पनि दिए । ८ वटामध्ये २ वटा अनुदानमा ल्याउन लागिएको र बाँकी ६ वटा जहाज किन्न सहुलियत ऋणमा सम्झौता हुने जानकारी समेत दिए ।

तपाईको प्रतिक्रिया