Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अत्यावश्यकीय पूर्वाधारहरु सुधार गरिने भएको छ । जस अनुरुप पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न योजनाहरू अगाडि सारेको छ। एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा विमानस्थल सुधारको काम अगाडि बढ्ने भएको हो।

पहिलो चरणका लागि २०६६ को पुसमा ७ करोड अमेरिकी डलर (५ अर्ब १८ करोड रुपैयाँ) ऋण सहयोग दिन सरकार र एडिबीबीच सम्झौता भएको थियो।

यही सहयोगबाट सुधार तथा विस्तारको योजना अगाडि बढाउन लागिएको हो। यो प्रक्रिया अगाडि बढेपछि दोस्रो चरणको काम अगाडि बढ्ने मन्त्रालयले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अपेक्षाकृत सुधार गर्नका लागि एडिबीसँग दुई चरणको काम गर्ने सम्झौता गरिएको छ।

विमानस्थलका महाप्रबन्धक रतिसचन्द्र लाल सुमनका अनुसार विमानस्थललाई सुविधा सम्पन्न बनाउनका लागि एडिबिको सहयोगमा काम शुरु गर्न लागिएको हो।

एडिबीको पछिल्लो अध्ययन प्रतिवेदनले सुधारका लागि आवश्यक पर्ने कार्ययोजना पेश गर्न नागरिक उड्डयन प्राधिकरणलाई जिम्मा दिएको छ। त्यसमा धावनमार्ग विस्तार र खाल्डो पुर्ने काम पनि प्राथमिकतामा परेको छ। ***

 

तपाईको प्रतिक्रिया