Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – राष्ट्र बैंकले सानिमा विकास बैंकलाई स्तरोन्नति गरी वाणिज्य बैकिङ कारोबार गर्न स्वीकृति दिएको छ। राष्ट्र बैंक संचालक समितिको अघिल्लो बिहिबार बसेको बैठकले उक्त निर्णय गरेको हो।

सानिमाले राष्ट्र बैंकबाट स्तरोन्नतिको पत्र पाएलगत्तै बैकिङ कारोबार थाल्ने जनाएको छ। हामी आगामी सातादेखि नै वाणिज्य बैंकको कारोबार सुरु गर्न तयार छौ, सानिमाका प्रमुख कार्यकारी अधिकारी कुमार लम्सालले भने, संस्थागत, सुशासन पूर्ण पालना भएकाले राष्ट्र बैंकले स्वीकृति दिएको हुनुपर्छ। हामी अब ग्राहकलाई अझ पुरस्कृत र आधुनिक बैंकिङ सुविधा दिनेछौ।

सानिमा बैंकले चुक्ता पुँजी २ अर्ब १ करोड छ। बैंकमा गैरआवासिय नेपाली लगायत सर्वसाधारणको लगानी छ। यो निर्णयपछि अब छिट्टै सानिमाको सेयर कारोबार यथागत हुने भएको छ। विकास बैंकबाट स्तरोन्नति हुने क्रममा विगत केही महिनादेखि यो बैंकको सेयर कारोबार रोकिएको थियो । ***

तपाईको प्रतिक्रिया