Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

टोकियो – गैरआवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछानेको नेतृत्वमा आज २३ फेब्रुवरी देखि २६ फेब्रुवरी सम्म नेपाली नागरिकताको निरन्तरता तथा अन्य विविध विषयहरुमा नेपाल सरकारका सम्वन्धित पक्षहरुसँग छलफल गर्न एक प्रतिनिधी मण्डल काठमाडौमा पुगेको छ।

यसै सम्बन्धि पहिलो कार्यक्रम आज काठमाडौंको नयाँ बानेश्वर स्थित वेइजिङ्ग डकको सभाकक्षमा संविधान सभाका सभासदहरुसंग एक अन्तरक्रिया कार्यक्रमको आयोजना हुने भएको छ। गैरआवासीय नेपालीहरुले पहिले देखिनै उठाउँदै आएको नागरिकताको निरन्तरता सम्बन्धि विषयलाई अब बन्ने नयाँ संविधानमा सुनिश्चित गर्न यस कार्यक्रमको आयोजना गरिएको हो।

सो अन्तरकृया कार्यक्रममा सभासदहरु राधेश्याम अधिकारी, अग्नि खरेल, खिमलाल देवकोटा, सुरेन्द्र पाण्डे, लक्ष्मणलाल कर्ण, देवेन्द्र पौडेल, रमेश लेखक, भिम रावल, डा. प्रकाशचन्द्र लोहनी, प्रदीप ज्ञवाली, विमलेन्द्र निधि, गगन थापा, सपना मल्ल, सावित्रा भुषाल, कल्पना राणा, एकराज भण्डारीका साथै अन्य सभासदहरुको सहभागिता रहने छ। यसैगरी उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघको तर्फबाट संघका अध्यक्ष लगायत संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, संरक्षक एवं नेपाली नागरिकता निरन्तरता दलका सभापति रामप्रताप थापा, उपाध्यक्ष एवं नेपाली नागरिकता निरन्तरता दलका उपसभापति क्या. हितमान गुरुङ्ग, उपाध्यक्ष रामेश्वर शाह, महासचिव तेञ्जी शेर्पा, प्रवक्ता डा. हेमराज शर्मा, विभिन्न मुलकबाट आउनुभएका अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारी तथा सदस्यहरु, संघका सल्लाहकारहरुका साथै काठमाडौमा रहनुभएका विभिन्न मुलुकका राष्ट्रिय समन्वय परिषदहरुका प्रतिनिधिहरुको सहभागीता रहेन छ।

सो प्रतिनिधि मण्डलले नेपालको राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, विभिन्न राजनैतिक दलका प्रमुख नेताहरु, परराष्ट्र मन्त्रालय, उद्योग मन्त्रालय, कम्पनी राजिष्टार्डको कार्यालय तथा अन्य सरोकारवाला संघसंस्थाहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको छ। सो भेटघाट कार्यक्रममा गैरआवासीय नेपालीको परिभाषा, संघको दर्ता, सामूहिक लगानी, मध्यपूर्वमा कार्यरत श्रमिकहरुको लागि सुरक्षित आप्रवासन, श्रम स्विकृती लगायत विविध समस्याहरु, नेपालमा संचालन गरिने परोपकारी परियोजनाहरु, गैरआवासीय नेपालीहरुको मतदान सम्बन्धि व्यवस्थाका साथै गैरआवावसीय नेपालीहरुको विविध समस्याहरुबारे छलफल हुने छ। उक्त भेटघाट कार्यक्रमहरुमा संघका संस्थापक अध्यक्ष, संरक्षक लगायत अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका पदाधिकारीहरुको सहभागीता मात्र रहने छ। ***

 

तपाईको प्रतिक्रिया