Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

अध्यक्षमा बेलायतका योगेन्द्र क्षेत्री  

Mona Sammalen (4)बेनी – बिदेशमा रहेका म्याग्देलीहरुको संगठन म्याग्दी प्रवासी संघ (मोना) को प्रथम बिश्व सम्मेलन तथा महाधिवेशन योगेन्द्रबहादुर क्षेत्री (बेलायत) को नेतृत्व चयन र १८ बूँदे घोषणा पत्र जारी गर्दै मंगलबार बेनी बजारमा सम्पन्न भएको छ ।

१४ राष्ट्रका ५४ जना प्रतिनिधिहरुको सहभागिता रहेको सोमबार र मंगलबार गरी भएको दुई दिवसीय सम्मेलनको म्यागासेसे पुरस्कार बिजेता महावीर पुनले सोमबार दीप प्रज्वलन गरी उदघाटन गरेका थिए । सम्मेलनको पहिलो दिन समुदघाटन समारोहलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै पुनले म्याग्दी जिल्लालाई नि:शुल्क इन्टर्नेट वाईफाईको जिल्ला बनाउने योजनामा सहकार्य गर्न प्रवासी म्याग्देलीहरुलाई आग्रह गरे । वाईफाई जिल्ला बनाउन करिव २ करोड ५० लाख रुपैंया लाग्ने बताउँदै पुनले प्रवासी म्याग्देलीहरुलाई सहकार्य गर्न आग्रह गरेका हुन् । उनले जिल्लाको बिकास गर्न बिज्ञान तथा प्रविधिलाई प्राथमिकतामा राखिनुपर्ने त्यसका लागि इन्टरनेट नभई नहुने भएकोले जिल्लाभरि नै निशुल्क वाईफाईको ब्यवस्था गरिनुपर्ने बताए ।

Navaraj Sharma Okसमारोहलाई बिशेष अतिथिको आसनबाट म्याग्दी जिल्लाबाट ब्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने सांसद-त्रय नवराज शर्मा, नरदेवी पुन र रेशम बानियाले पनि सम्बोधन गरेका थिए । मन्तब्यका क्रममा सांसद शर्माले प्रवासी म्याग्देलीहरुतर्फ संकेत गर्दै जिल्लाका अधिकांश गाउँघर खाली र शून्य हुँदै गएकोले चाडपर्वहरु बिरानो बन्न थालेको बताए । उनले यहि पुस्ताले नै अबको १०, १२ वर्ष भित्रमा बिकास गरेर मोडल जिल्लाको रुपमा उभ्याउन सक्नुपर्ने बिचार ब्यक्त गरे । जिल्लाको बिकासका लागि कृषि, हाइड्रो र पर्यटन नै अत्यन्त संभावनाका क्षेत्र भएकोले यसबारेमा थप छलफलको आवश्यक रहेको बताए । उनले म्याग्दीलाई समृद्ध बनाउने प्रवासी म्याग्देलीहरुको अभियानमा ताजा हातेमालो गरी साथ सहयोग गर्न आफु सँधै तयार रहेको पनि प्रतिबद्धता ब्यक्त गरे ।
यसैगरी अर्का सांसद पुनले जिल्लाको बिकासमा हातेमाले गर्ने अभिप्रायले संगठित Nar Deviहुन खोजिएको प्रवासी म्याग्देलीहरुको संस्थामा राजनीतिको गन्ध आउन नहुने बिचार ब्यक्त गरिन् । हरेक क्षेत्रमा महिलाको उपस्थिति अनिवार्य हुनुपर्ने बताउँदै सांसद पुनले पर्यटन, जलबिद्युत र कृषि क्षेत्र नै जिल्लाको बिकासका आधार हुन सक्ने बताईन् । उनले अब जिल्लाको बिकासमा म्याग्दी प्रवासी संघ भरपर्दो साझेदारी बन्न सक्ने धारणा ब्यक्त गरिन् ।
यसैगरी अर्का सांसद बानियाले जिल्लाको बिकासमा प्रवासी म्याग्देलीहरुले देखाएको चासो र चिन्ता स्वागतयोग्य भएको बताउँदै यसलाई संस्थागत र नियमन गर्न सम्मेलन कोसेढुंगा साबित हुने बिश्वास ब्यक्त गरे । उनले समग्र जिल्लाको बिकास र जिल्लाबासीहरुको जीवनस्तर उकास्ने प्रवासी म्याग्देलीहरुको अभियानमा यहाँका जनप्रतिनिधिहरु आवश्यक भूमिका निर्बाह गर्न तयार रहेको बताए ।
कार्यक्रममा बिशेष अतिथिकारुपमा उपस्थित हालैमात्र एनआरएन आइसीसीका Baniyaउपाध्यक्षमा पुनः निर्वाचित भवन भट्टले प्रवास र जिल्लालाई जोड्दै म्याग्दी जिल्लाको बिकासको ढोका खोल्न सम्मेलन सफल हुने बिश्वास ब्यक्त गरे । उनले म्याग्दी र एनआरएनबीच स्थापनाकालदेखि नै अविस्मरणीय सम्बन्ध रहीआएको बताउँदै म्याग्देलीहरुको अभियानमा आफ्नो र एनआरएनको सँधै साथ रहने प्रतिबद्धता ब्यक्त गरे । सम्मेलनमा भाग लिन भट्ट काठमाडौंबाट हेलिकोप्टरमा बेनी बजार पुगेका थिए ।
उदघाटन समारोहमा एनआरएन आइसीसीका सचिव अर्जुन श्रेष्ठ, युरोप संयोजक कुल आचायले पनि बिश्व सम्मेलनको सफलता र सार्थकताको कामना गरेका थिए । समारोहलाई जिल्लास्तरिय बिभिन्न राजनैतिक दल, संघसंस्था तथा निकायका प्रतिनिधिहरुले शुभकामना मन्तब्य दिएका थिए ।

राष्ट्रियगानबाट सुरु भएको सो बिश्व सम्मेलनमा उपस्थित सबैलाई आयोजक संस्थाको तर्फबाट म्याग्दी मोनाका अध्यक्ष सुबासकुमार श्रेष्ठले स्वागत गरेका थिए ।
उदघाटन समारोह अघि बिभिन्न संघसंस्था तथा जातजातिको भेषभूषामा सजिएका युवायुवती तथा सर्बसाधारणले आ-आफ्नो सँस्कृति Prakashझल्किने खालको झाँकीसहित बेनी बजार परिक्रममा गरेका थिए भने कलाकारहरुले सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।  र्‍यालीमा उद्योगी, ब्यापारी, समाजसेवी, पत्रकार, कर्मचारी, विद्यार्थी, शिक्षक, सर्वसाधारण महिला, बालबालिका देखि ८५ बर्षिया बृद्धासम्मले भाग लिएर मोना सम्मेलनको ऐक्यबद्धता जाहेर गरेका थिए ।  मोनाका अन्तर्राष्ट्रिय संयोजक प्रकाश पुनको सभापतित्वमा भएको उदघाटन समारोहको म्याग्दी मोनाका रमेश गिरी र पत्रकार तिलक मल्ल (जापान) ले संचालन गरेका थिए ।
उदघाटन समारोहको समापन गर्दै पुनले जिल्लाको अनुहार फेर्न प्रवासमा रहेका म्याग्देलीहरुको काँधमा आएको जिम्मेवारीलाई ब्यवस्थित र संस्थागत ढंगले अगाडि बढाउन सम्मेलनले स्पष्ट मार्गचित्र कोर्ने बताए ।

सम्मेलनको दोस्रो दिन म्याग्दी जिल्लाको समग्र बिकासका लागि संभावित परियोजनाहरुका सम्बन्धमा ४ वटा कार्यपत्र प्रस्तुत गर्नुकासाथै त्यसमाथि टिप्पणी गरिएको थियो । ‘प्रवासी म्याग्देलीहरुको दृष्टि, समृद्ध म्याग्दीको सृष्टि’ भन्ने नारासहित सुरु भएको सम्मेलनको दोस्रो दिन दरबाङ म्याग्दीखोला हाइड्रो इलेक्ट्रिक प्रोजेक्टका बारेमा धौलागिरी कालिका हाइड्रो प्रा. लि. का अध्यक्ष प्रमोदकुमार श्रेष्ठ, ‘म्याग्दीमा पर्यटनको सभावना तथा अवसरहरु’ बिषयक म्याग्दी जिल्लाको बिकासको मोडेलकारुपमा म्याग्दीको पर्यटन गुरुयोजना निर्माणकर्ता त्रिविविका प्रा. डा. प्रेम शर्मा, ‘म्याग्दी जिल्लाको समाजिक तथा आर्थिक बिकासको अवस्था र संभावना’ बिषयमा म्याग्दीका सहायक वन अधिकृत चक्रमणि सापकोटा र ‘समृद्ध म्याग्दी अभियानमा कृषि, जलविद्युत र पर्यटन’ बिषयमा दिनेशनारायण श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए ।
Daessत्यसपछिको बन्द सत्रमा महासचिव शिव बरुवालले संस्थाको हालसम्मको कार्यप्रगति प्रतिबेदन र कोषाध्यक्ष चक्र थापाले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुका साथै बिधान संशोधन समितिका संयोजक तुल्माराज रामजालीले बिधान संशोधन प्रस्ताव गरेका थिए । बन्द सत्रले बिधानमा सामान्य  संशोधन गर्नुका साथै बिस्तृतमा संशोधन गर्न रामजालीकै सयोजकतव्मा कार्यदल निर्माण गरिएको थियो । त्यसलगत्तै सुरु भएको नयाँ कार्यसमिति चयन प्रक्रिया अन्तर्गत सर्बसम्मत कार्यसमिति गठन गर्न भएको पहलअनुसार अन्ततः योगेन्द्रबहादुर केसीको नेतृत्वमा प्रवासी म्याग्दी संघको केन्द्रिय समिति गठन भएको छ ।
जसअनुसार वरिष्ठ उपाध्यक्षमा बिनोद कुँवर (कोरिया), महिला उपाध्यक्षमा टिका गुरुङ ‘राधिका’ (हङकङ), र क्षेत्रीय उपाध्यक्षहरु ६ जना चयन भएका छन । जसअनुसार महेन्द्र खड्का (एशिया प्यासिफिक), मोहन थापा (उत्तर अमेरिका), राजेन्द्र कार्की (युरोप) बालकृष्ण खत्री (मध्यपूर्व) चयन भएका छन् ।
यसैगरी महासचिवमा घनश्याम शाही (बेल्जियम) उपमहासचिव तुल्मराज राम्जाली (हङकङ), कोषाध्यक्ष चक्र थापा (न्यूजिल्याण्ड) सहकोषाध्यक्ष ओमनारायण जुग्जाली (कोरिया) चयन भएका छन भने क्षेत्रीय सचिवहरुमा याम खड्का (जापान) सूर्य भट्टचन (पोर्चुगल) लगायत छन् । थप सदस्यहरुका हकमा भने म्याग्देली संगठन रहेको मुलुक हरेकबाट १, १ जनाको दरले नामावली पठाउन निर्देशन दिईएको छ ।
यसैगरी संगठनलाई चुस्त र दुरुस्त बनाउन बिभिन्न बिभागीय समितिहरु पनि निर्माण गरी संयोजक तोकिएको छ । जसअनुसार महिला बिभागको सयोजकमा भूगोल शेरचन (युके), मिडिया बिभागको संयोजक तिलक मल्ल (जापान), संगठन बिभागको संयोजकमा योगेन्द्र श्रेष्ठ (बेल्जियम) एनआरएनए समन्वयमा शिवकुमार बरुवाल (बेल्जियम) लाई तोकिएको छ । नवनिर्वाचित कार्यसमितिलाई प्रमुख निर्वाचन आयुक्त सुदर्शनकुमार श्रेष्ठले सपथ ग्रहण गराएका थिए ।

अन्तमा, १८ बुँदे घोषणा पत्र जारी गर्दै मोना बिश्व सम्मेलन समापन गरिएको थियो । ***
1 2 3 4 5 7 8 9

Mona Beni Ok 10 11Welcome Rally Mona Uk JpnDaessMona Sammalen (4)
Mona Sammalen (1)Mona Sammalen (2)Mona Sammalen (3)Mona Sammalen (5)MahabirMallaNewRameshStageTilakYogen 2

तपाईको प्रतिक्रिया