Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024
काठमाडौं- सर्वोच्चले भ्रष्टाचार ठहर्‍याएका सूचना तथा सञ्चार मन्त्री जेपी गुप्ताले आफ्नो राजनीतिक यात्रा समाप्त भएको घोषणा गरेका छन् ।
सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै डेढ वर्ष कैद र ८४ लाख रुपैयाँ बिगो जरिवाना सुनाएपछि बाहिरिएका गुप्ताले सञ्चारकर्मीसँग यस्तो प्रतिक्रिया जनाएका हुन् । अदालत परिसरमा गुप्ताले सञ्चारकर्मीसँग भने:-
पहिलो कुरा त म २०-२५ वर्ष मिडियाका साथीहरूसँग थिए । फैसलाले गर्दा परिस्थितिमा परिवर्तन आएको छ । अब म एउटा राजनीतिक पार्टीको नेताक रूपमा, राजनीतिक पार्टीको कार्यकर्ताको रूपमा सायद तपाईंहरूसँग मेरो यसरी भेटघाट हुनेछैन ।
दोस्रो कुरा आज म तपाईंहरूमार्फत नै प्रधानमन्त्रीसमक्ष मेरो मन्त्रीपदबाट राजीनामाको जानकारी गराउन चाहन्छु । र, म अदालतबाट यो स्थितिमा प्रधानमन्त्रीलाई मेरो राजीनामा प्रेसित गर्न सक्दिन, त्यसकारणले मिडियाबाटै प्रधानमन्त्रीजीलाई जानकारी होस् भन्ने आग्रह छ ।
तेस्रो कुरा के हो भने यसलाई मैले एउटा संघर्षका रूपमा लिएको छु । म अदालतका फैसलाको धारा, उपधारामा जान चाहन्न । अदालतले ममाथि कति कति बिगो ठहर्‍यायो र कति सजाय तोक्यो यसमा म जान चाहन्न । भोलि पर्सी नेपालको अदालतले गरेको यो फैसलाको कानुनको क्षेत्रमा काम गर्ने साथीहरूले गर्नुहुनेछ ।
तपाईको प्रतिक्रिया